News Portal

विशाल भट्टराईलाई हराउँदै खोटाङबाट रामकुमार राई विजयी

हिमालीसंचार संवाददाता
५७६ पटक

खोटाङ। खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे। राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए।

निर्वाचन परिणाम अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेसनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाएका छन्।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...