News Portal

चुनावमा ३ लाख सुरक्षाकर्मी परिचालन, यस्तो छ सुरक्षा योजना

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चुनावी सुरक्षा बारे जानकारी गराइएको हो। चुनावमा  नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख १५ हजार परिचालन गरिने भएको हो।

मतदानस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको गृह सचिव विनोद प्रकाश सिंहले बताए।

हिमाली तथा उच्च पहाडी जिल्लामा हेलिकोप्टरबाट मतपेटीका संकलन गरिने भएको छ। अहिलेसम्म यस्ता क्षेत्र ४० वटा रहेको भए पनि यो अझै बढ्न सक्ने गृहको आंकलन छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...