News Portal

बृद्धभत्ता बढाएर भएपनि सरकार टिकाउने प्रधानमन्त्री ओलीको जुक्ती

६२२ पटक

युबराज रेग्मी/झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट बृद्धभत्ता बढाउने आश्वासन दिएका छन्। बृद्धभत्ता बढाउने आश्वासनसँगै सरकारमा पुगेपनि बृद्धबृद्धाहरुलाई निराश बनाएपछि आलोचित भएका ओलीले आफ्नै गृहजिल्ला पुगेपछि याे आश्वासन दिएका हुन्।

बडादसैं, तिहार, छठ, नेपाल सम्बत ११३९ लगायत चाडपर्बको अवसर पारेर गृहजिल्ला झापाको विर्तामोडमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले जनताको विश्वासलाई तलमाथी हुन नदिने समेत प्रस्ट पारे। उनले सरकारमाथि जनतालाई ढाटेको आरोप मेट्ने आफ्नो योजना सुनाए। उनले २०७६/७७बाट बृद्धभत्ता बढाउने आश्वासन दिए।

प्रधानमन्त्री ओलीले यो सरकारलाई असफल बनाउन केही शक्ति लागिरहेको समेत बताए।  ‘यो सरकार असफल हुनै हुन्न, असफल भयो भने देश असफल हुन्छ, हामी किमार्थ यस्तो हुन दिन्नौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले आफुमाथी जनताले ठुलो विश्वास र अपेक्षा राखेकाले त्यसलाई तलमाथी हुन नदिने बताउदै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन  । प्रधानमन्त्री ओलीले केही वर्षभित्र देखिने र महसुस हुने गरी देशको विकास हुने बताए  ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...