News Portal

बृद्धभत्ता बढाएर भएपनि सरकार टिकाउने प्रधानमन्त्री ओलीको जुक्ती

६८५ पटक

युबराज रेग्मी/झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट बृद्धभत्ता बढाउने आश्वासन दिएका छन्। बृद्धभत्ता बढाउने आश्वासनसँगै सरकारमा पुगेपनि बृद्धबृद्धाहरुलाई निराश बनाएपछि आलोचित भएका ओलीले आफ्नै गृहजिल्ला पुगेपछि याे आश्वासन दिएका हुन्।

बडादसैं, तिहार, छठ, नेपाल सम्बत ११३९ लगायत चाडपर्बको अवसर पारेर गृहजिल्ला झापाको विर्तामोडमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले जनताको विश्वासलाई तलमाथी हुन नदिने समेत प्रस्ट पारे। उनले सरकारमाथि जनतालाई ढाटेको आरोप मेट्ने आफ्नो योजना सुनाए। उनले २०७६/७७बाट बृद्धभत्ता बढाउने आश्वासन दिए।

प्रधानमन्त्री ओलीले यो सरकारलाई असफल बनाउन केही शक्ति लागिरहेको समेत बताए।  ‘यो सरकार असफल हुनै हुन्न, असफल भयो भने देश असफल हुन्छ, हामी किमार्थ यस्तो हुन दिन्नौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले आफुमाथी जनताले ठुलो विश्वास र अपेक्षा राखेकाले त्यसलाई तलमाथी हुन नदिने बताउदै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन  । प्रधानमन्त्री ओलीले केही वर्षभित्र देखिने र महसुस हुने गरी देशको विकास हुने बताए  ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...