News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दुई तिहाइको डा.अाेली सरकार र कोशीपारिको खहरे

    रामचन्द्र अधिकारी
    ५३४ पटक

    केहि दिनअघि त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि टिप्पणी गर्दै भनेका थिए– सरकार कोशी पारिको खहरे जस्तो भयो ।  न सिंचाइ गर्न मिल्छ न बिजुली निकाल्न ।

    ती प्राध्यापकको टिप्पणी कमजोर थिएन ।राष्ट्रवादको जगमा आएको उभार र लोकप्रियता उभिएको नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा यस्तो टिप्पणी वामपन्थी वृत्तका प्राध्यापकबाट आउनु सोचनीय विषय हो ।

    नेपालमा १० वर्ष सशस्त्र जनयुद्ध सञ्चालन गर्नु जति असाधारण परिघटना थियो, त्यत्तिकै महत्वपूर्ण घटना नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको चुनावी गठबन्धन र नेकपाको गठन थियो ।

    इतिहासमा बिरलै हुने यस्ता परिघटनाको नेतृत्व गरेका नेताहरुले ती प्राध्यापकको टिप्पणीलाई आत्मसाथ गरेर आफ्ना कमी कमजोरी सच्याउने वा ती प्राध्यापकमाथि प्रतिगामी षड्यन्त्रको आरोप लगाउने त्यो नेकपाको नेतृत्वले बुझ्ने कुरा हो । ती प्राध्यापकको टिप्पणी आम जनताले भोगेको अनुभव हो । दुई तिहाई बहुमत प्राप्त वामपन्थी सरकारमाथि जनताको अपेक्षा अलिक बढी थियो र छ पनि । जनताले आफ्नो अपेक्षा अनुसारको काम वामपन्थी सरकारबाट प्राप्त गर्न नसकेपछि यत्रतत्र–सर्वत्र गुनासा छन् ।

    गत जेठ ३ गते दुर्इ पार्टी मिलेर बनेको नेकपाको टोल कमिटीसम्मको एकता गर्न ढिलाई हुनुले जनताका गुनासा सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमा देखिएका टिप्पणीलाई त्यही अर्थमा लिनु पर्दछ । पार्टी संरचना गतिशील हुँदा जनताका ती गुनासा पार्टीका संरचनामार्फत् केन्द्रसम्म आइपुग्न सक्छन र सम्बोधन हुन्छन र हुनु पनि पर्छ ।

    सरकारको नीति तथा कार्यक्रम मन्त्री, सांसद्,पार्टीका नेता कार्यकर्ताले नबोक्ने, नेता कार्यकर्ताका आवाज सरकारमा रहेका मन्त्रीहरुले नसुन्ने अवस्था छ । यसले पार्टी र सरकारलाई गतिशील गराउँदैन । पार्टी र सरकार, जनता र पार्टीबीचको सम्बन्ध पानी र माछा जस्तो हुनु पर्नेमा त्यस्तो पाइँदैन । यसका लागि सरकार र पार्टीबीच घनिभूत छलफल र अन्तरक्रिया हुनुपर्छ ।

    नेकपा नेपालका दुर्इ तिहाई जनताले विश्वास गरेको पार्टी हो र त्यो पार्टीका नेताहरु ती जनताका प्रतिनिधिपात्र हुन् । त्यसैले त्यस्ता प्रतिनिधिहरुका बीचमा सरकारको समीक्षा गर्न अब ढिला गर्नु हुन्न । नेकपाले केन्द्रीय समितिको बैठक बोलाएर घनिभुत छलफल गर्नु पर्छ । त्यो बैठकबाट निस्किएका निष्कर्षलाई सरकारले आफनो मार्गदर्शक सिद्धान्त बनाउनुपर्छ । सरकारले पार्टीलाई होइन, पार्टीले सरकारलाई निर्देशित गराउनु पर्छ । जनताका गुनासा सम्बोधन गर्ने संयन्त्र टोलदेखि केन्द्रसम्म बनाइनुपर्छ । ती संयन्त्रलाई प्रभावकारी बनाउनु पर्छ ।

    एक अर्को मन्त्री, मन्त्री र प्रधानमन्त्री, प्रशासकीय नेतृत्व र राजनीतिक नेतृत्वका बीचमा समन्वयको अभाव छ । त्यसले एक अर्कामा अविश्वास  पैदा गरेको छ । त्यो अविश्वास इगोमा परिणत हुँदैछ । त्यो इगोले  द्वन्द्व निम्त्याउनेछ र त्यो द्वन्द्वले आन्तरिक कलह निम्त्याउनेछ । त्यो आन्तरिक कलहले सरकार र पार्टी दुवैको कार्यदक्षतामा स्खलन आउनेछ । त्यसैले ती निकायहरु बीच आवश्यक समन्वय हुन आवश्यक हुन्छ ।

    संविधानसभामार्फत् बनेको संविधानलाई असफल बनाउने छुट कसैलाई छैन । त्यहाँभन्दा जनताको सर्वोच्च निकाय अरु हुनै सक्दैन । समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षताबाट पछाडि फर्कने ठाउँ छैन । महिला, दलित, आदिवासी–जनजाती, अल्पसंख्यक, मधेशीको विशेषाधिकार सुनिश्चित गराउने मार्गचित्र छोड्ने अधिकार कसैलाई छैन । सिंहदरबारबाट गाउँमा पुगेका जनताका अधिकारलाई घटाउने होइन, बढाउने मात्रै अधिकार छ जनताका प्रतिनिधिहरुलाई ।

    शान्ति प्रक्रियाका केही संवेदनशील मुद्दाहरु सम्बोधन गर्न अझै बाँकी छन् । ती मुद्दाहरुलाई सम्बोधन गर्ने, पीडितलाई राहत र न्याय दिने यही सरकारले हो । नेपालको शान्ति प्रक्रिया विश्व समुदायका बीचमा अनुकरणयोग्य बनाउन पार्टीका नेता कार्यकर्ता र सरकारले अझै मेहनत गर्नु पर्नेछ ।

    परम्परागत राज्य संयन्त्रलाई गतिशील बनाउन थाकेकालाई होइन, उत्साहित युवाहरुलाई जिम्मेवारी सुम्पिनुपर्छ । आफ्नो मुलुकका उर्जाशील युवाहरुलाई विदेश पठाएर क्षणिक आनन्द त प्राप्त होला तर दीर्घकालीन रुपमा मुलुकलाई घाटा हुन्छ

    आफूले चुनावमा व्यक्त गरेका प्रतिबद्धताहरुलाई मन्त्री र प्रधानमन्त्रीले आफ्ना नीति कार्यक्रम र व्यवहारमा दर्शाउन आवश्यक छ । एकातिर जनताका दैनिक समस्या सम्बोधन गर्ने दायित्व सरकारकै हो भने अर्कोतिर देशलाई समृद्धिको मार्गमा दौडाउने ठूला ठूला परियोजनाको विकास गर्ने पनि सरकारले नै हो । पुँजीवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको आधार खडा गर्ने पनि यहि सरकारले हो । गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य नीतिमा आमूल परिवर्तन नगरी समाजवादी क्रान्तिको आधार तयार हुँदैन । त्यसका लागि सरोकारवाला निकायहरु बीच घनिभूत अन्तरक्रियालाई जोड दिएर नीति तथा कार्यक्रम बनाउनुपर्छ ।

    अन्यौलतामा रुमल्लिएर होइन, पार्टीका नेता तथा कार्यकर्ता अनि जनतामा उत्साह भरेर मात्रै पार्टी र सरकारलाई गतिशील बनाउन सकिन्छ । नेकपामाथि रहेको जनताको विश्वास र भरोसामा आँच आउन दिने छुट सरकारमा रहेका र पार्टीको नेतृत्वमा रहेका कसैलाई पनि छैन । परम्परागत सोच, चिन्तन र कार्यशैलीबाट माथि उठेर अगाडि बढ्ने आँट र क्षमता दुवै नेतृत्वमा हुनुपर्छ ।

    परम्परागत राज्य संयन्त्रलाई गतिशील बनाउन थाकेकालाई होइन, उत्साहित युवाहरुलाई जिम्मेवारी सुम्पिनुपर्छ । योग्यता र क्षमता भएका नेपाली युवाहरुलाई विदेश पठाउने होइन, देश विकासमा लगाउने योजना सरकारले बनाउनुपर्छ । आफ्नो मुलुकका उर्जाशील युवाहरुलाई विदेश पठाएर क्षणिक आनन्द त प्राप्त होला तर दीर्घकालीन रुपमा मुलुकलाई घाटा हुन्छ ।

    नेपाल भारत र चीनबीचमा रहेको दुई ढुंगाबीचको तरुल होइन, गतिशील पुल बन्नु पर्छ । त्यसका लागि कूटनीतिक चातुर्यताले नै राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउने हो । आर्थिक समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउन पनि कूटनीतिक चातुर्यतालाई सफलताको सूचक मानिन्छ । यो अवसर वामपन्थी सरकारलाई प्राप्त छ, यस्ता अवसर विरलै प्राप्त हुन्छन् ।

    संस्थागत रहेको भ्रष्टाचारलाई सुशासनका माध्यमबाट नियन्त्रण गर्नु पर्ने जिम्मेवारी पनि यही सरकारको हो । चीनमा पछिल्ला दिनमा भ्रष्टाचारमा चुर्लुम्म डुबेका पार्टीका नेता कार्यकर्तामाथि सरकारले निशाना बनाएको छ । पसिनाको मूल्यवोध गराउने गरी मेहनत गर्न सिकाउने नैतिक शिक्षालाई अनिवार्य गराउन आवश्यक छ । भेनेजुयलाका समाजवादी नेताहरुले लिएको नीतिहरु र भारतमा ज्योति बसुले अवलम्बन गरेको नीति नेपाली नेताहरुले अध्ययन गर्न आवश्यक छ । सामाजिक रुपान्तरणसहितको आर्थिक वृद्धि हासिल गर्न सुशासन नेतृत्वबाट शुरु गरिनुपर्छ ।

    प्राकृतिक स्रोत साधन र मानव स्रोतलाई परिचालन गरी देश र जनताको माग र आवश्यकता अनुसार अब तीव्र गतिमा समृद्धिको यात्रातर्फ अग्रसर हुनैपर्छ । विकासको फलमा सबैको समान पहुँच स्थापित हुने लोकतन्त्र निर्माण गर्ने नेकपाको दायित्व हो । सबै आन्दोलनका शहीदको सपना साकार पार्दै दिगो विकास र समृद्धिको बाटोमा लैजाने यो अवसरबाट नेकपाका नेताहरु चुक्नु हुन्न ।

    समृद्ध नेपाल र सुखी नेपाली त सरकारको नारा नै छ । त्यो नारालाई कार्यान्वयन गर्न पनि माथि भनिएका विषयहरुमा नेतृत्वको ध्यान जान आवश्यक छ । इतिहासले खोलिदिएको आसाधारण ढोकाबाट अगाडि बढ्ने हो, पछाडि फर्कने होइन । ती प्राध्यापकको टिप्पणीलाई मनन गरियो भने मात्रै हामी गन्तव्यमा पुग्न सक्छौ ।

    (लेखक अधिकारी पूर्वविद्यार्थी नेता हुन् ।)

    प्रतिकृया दिनुहोस्

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...