News Portal

गुरुङ ‘तमु’ समाज मकाउको पहलमा सञ्जय गुरुङलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
९१९ पटक

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको पहलमा झापा जिल्ला मेची नगरपालिका वडा नं. ६ स्थायी घर भएका मकाउ स्थित एसजिएम कम्पनी अन्तरगत ओसिनस क्यासिनोमा कार्यरत सञ्जय गुरुङलाई आर्थिक सहयोग गरिएको छ।

मकाउमा गठीत जातिय संस्थाहरुले आफ्नो भाषा, धर्म, परम्परा, रितिरिवाज, चाड र सस्कृतिको अलवा आकस्मिक रुपमा भइपरी आउदा आपतकालिन उद्धार र सहयोग गर्दै आई रहेका छन्। एसजिएम कम्पनी अन्तरगत ओसिनस क्यासिनोमा कार्यरत गुरुङलाई समाजको पहलमा मकाउ डलर ६९,१४३ हस्तान्तरण गरिएको छ। 

गुरुङ अचानक विरामी भएपछि मकाउ स्थित सरकारी अस्पताल सान्तेनमा तीन महिनासम्म उपचार पश्चात सोमबार ८ अगस्त २०२२ मकाउदेखि सिङगापुर हुदै नेपाल फर्केका गुरुङ तमु समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा) ले हिमालीसंचारडटकमसंग बताए। 

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको पहलमा मकाउमा गठीत जातिय संघसंस्थाहरु शेर्पा समाज मकाउ, किरात राई यायोक्खा मकाउ, तामाङ घेदुङ संघ मकाउ, मगर संघ मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, नेवा गुठी समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंघ मकाउ, नेपाल भलिबल संघ मकाउ, ओसिनस क्यासिनो, एससीसी कम्पनी, ग्यालेकिसी क्यासिनो, सेन्स क्यासिनो, हाउस ग्राण्ड, सागर नेपाली रेष्टुरेन्ट सागर अधिकारी, मक कुलुङ राई र एनआरएनए मकाउ लगयादका संघसंस्थाहरु एवम् सहयोगी महानुभावहरुले सहयोग गरेका थिए। 

मकाउमा संकलित रकम र विरामी गुरुङका सम्पूर्ण जिम्मेवारी सोही कम्पनीमा कार्यरत राज गुरुङले गरेका थिए। मकाउमा संकलित सम्पूर्ण सहयोग रकम पनि राज गुरुङलाई नै हस्तानतरण गरिएको जानकारी गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा) ले बताए । विरामी सञ्जय गुरुङको स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्थाहरु एवम्  मकाउमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई समाजका अध्यक्ष गुरुङ ‘गोरा’ ले समाजको तर्फबाट हार्दिक धन्यबाद एवम् आभार व्यक्त गरेका छन्। 

सहयोगी महानुभावहरुको फोटो फिचर:

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...