News Portal

गुरुङ ‘तमु’ समाज मकाउको पहलमा सञ्जय गुरुङलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
८४९ पटक

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको पहलमा झापा जिल्ला मेची नगरपालिका वडा नं. ६ स्थायी घर भएका मकाउ स्थित एसजिएम कम्पनी अन्तरगत ओसिनस क्यासिनोमा कार्यरत सञ्जय गुरुङलाई आर्थिक सहयोग गरिएको छ।

मकाउमा गठीत जातिय संस्थाहरुले आफ्नो भाषा, धर्म, परम्परा, रितिरिवाज, चाड र सस्कृतिको अलवा आकस्मिक रुपमा भइपरी आउदा आपतकालिन उद्धार र सहयोग गर्दै आई रहेका छन्। एसजिएम कम्पनी अन्तरगत ओसिनस क्यासिनोमा कार्यरत गुरुङलाई समाजको पहलमा मकाउ डलर ६९,१४३ हस्तान्तरण गरिएको छ। 

गुरुङ अचानक विरामी भएपछि मकाउ स्थित सरकारी अस्पताल सान्तेनमा तीन महिनासम्म उपचार पश्चात सोमबार ८ अगस्त २०२२ मकाउदेखि सिङगापुर हुदै नेपाल फर्केका गुरुङ तमु समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा) ले हिमालीसंचारडटकमसंग बताए। 

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको पहलमा मकाउमा गठीत जातिय संघसंस्थाहरु शेर्पा समाज मकाउ, किरात राई यायोक्खा मकाउ, तामाङ घेदुङ संघ मकाउ, मगर संघ मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, नेवा गुठी समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंघ मकाउ, नेपाल भलिबल संघ मकाउ, ओसिनस क्यासिनो, एससीसी कम्पनी, ग्यालेकिसी क्यासिनो, सेन्स क्यासिनो, हाउस ग्राण्ड, सागर नेपाली रेष्टुरेन्ट सागर अधिकारी, मक कुलुङ राई र एनआरएनए मकाउ लगयादका संघसंस्थाहरु एवम् सहयोगी महानुभावहरुले सहयोग गरेका थिए। 

मकाउमा संकलित रकम र विरामी गुरुङका सम्पूर्ण जिम्मेवारी सोही कम्पनीमा कार्यरत राज गुरुङले गरेका थिए। मकाउमा संकलित सम्पूर्ण सहयोग रकम पनि राज गुरुङलाई नै हस्तानतरण गरिएको जानकारी गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा) ले बताए । विरामी सञ्जय गुरुङको स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्थाहरु एवम्  मकाउमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई समाजका अध्यक्ष गुरुङ ‘गोरा’ ले समाजको तर्फबाट हार्दिक धन्यबाद एवम् आभार व्यक्त गरेका छन्। 

सहयोगी महानुभावहरुको फोटो फिचर:

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...