News Portal

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

हिमालीसंचार संवाददाता
३१३ पटक

युक्रेन। संयुक्त राष्ट्र सङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई अनुरोध गरेका छन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रुसी सेनाले गत मार्च सुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए।

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए। उनले केन्द्र नजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए।

केन्द्रका उपकरण र पार्टपुर्जाको आपूर्ति शृङ्खला अवरुद्ध भएकाले त्यहाँ रहेका आणविक सामग्री सुरक्षित रहे/नरहेको यकिन गर्न निरीक्षण विज्ञद्वारा निरीक्षण अत्यावश्यक भएको उनले बताए।

चेर्नोविल दुर्घटनाजस्तो नहोस् भनेर बेलैमा सचेत हुन अति जश्ररी भएकामा उनले जोड दिए। आणविक दुर्घटना हुनबाट रोक्न जापोरिज्ज्या केन्द्रको निरीक्षण आवश्यक भएको ग्रोसीको कथन छ।

केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उनले रुस र युक्रेनलाई अपिल पनि गरेका छन्। – एजेन्सी।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...