News Portal

  • मोरङको रतुवा खोलामा पुलको समस्या ज्यूका त्यु, सधै त्यैं समस्यामा जनता पिरोलिए

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा पुल निर्माण कार्य सम्पन्न भएता पनि बर्षेनी उक्त खोलामा आउने बाढीका कारण प्रत्येक बर्ष सो भेगका सर्वसाधारणहरुले सोही समस्या झेल्न बाध्य रहेका छन ।   

    रतुवा खोलामा सामान्य पानी पर्दा समेत बाढी आउदा खोलामा कहिले नाँउको माध्यमबाट त कहिले भाटाको पुलबाट सर्वसाधरण जनता आवतजावत गर्न बाध्य भएका छन्। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामा अहिले एउटा खोला दुई भंगालो बनेर पानी बगेका कारण स्थानीय समस्यामा परेका हुन्।

    पुर्वमा ३ सय मिटर मात्रै पानीको भाग रहेको र पश्चिममा समेत ३ सय मिटरमा  खोला बागिरहेको छ । खोलाको बिच भागमा बालुवा मात्रै देखिन्छ । सो   खोलामा अहिले दुईवटा नाउँ मार्फत सर्वसाधरण आवतजावत गरिरहेका छन्। तर, एउटै रतुवा खोलामा स्थानीयले अलक अलक रकम तिरेर वरपार गर्न बाध्य छन् ।   

    झापा जिल्ला तर्फ एउटा मोटरसाइकलको ७० रुपैया र साइकलको ३० रुपैंया तस्तुर लिइरहेका छन्। मोरङ जिल्ला तर्फ मोटरसाइकलको ५० रुपैंया लिने गरेको स्थानीय हेमा ताजपुरियाले बताईन्। उनी दैनिक गौरीगञ्ज नगरपालिका आवतजावत गर्छिन् । प्रत्येक बर्ष खोलामा आउने बाढीका कारण स्थानीय आफ्नो ज्यान जोखिममा राखेर खोला वारपार गरिरेका छन्। 

    मोरङबाट गौरीगञ्ज जानका लागि यो खोलाबाट तीन किलोमिटरमा पुगिने भएता पनी भारतबाट ३० किलोमिटरको यात्रा पुरा गरेर जानु पर्ने र बर्षाको समयमा भारत हुदै जानका लागि १ घण्टासम्म समय लिएर जानु पर्ने बाध्यता रहेको उनले बताइन्। हुलाकी राजमार्गको लागि आवतजावतमा सहज होस् भनेर निर्माण भएको यो पुल अहिलेसम्म संचालन भएको छैन। २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । 

    उक्त पुलको १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । पुलमा ९ वटा पिल्लर रहेको छ। उक्त पुलको २ सय ५ मिटर लम्बाइ रहेको छ । अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुल र ढुङ्गाबाट लडदै हिडन बाध्य रहेका छन । करोडौ रुपैयाको लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षौ बितिसक्दा समेत सो पुल राम्रोसँग संचालनमा आउन सकेको छैन । 

    उक्त पक्कि  पुल  प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय भारतबाट खरिद गरेर नाउ ल्याइ संचालनमा ल्याएका छन । पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा कहिले  पक्की पुल मुनि बाँसको भाटाो माध्यम त कहिले नाउँको सहयोगमा स्थानीयहरु   आवतजावत गर्न बाध्य रहेका छन् । 

    नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेको सडकलाई हुलाकी राजमार्ग भनेर  पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्यो भने अधुरै रहेको पाईन्छ ।   २०६५  सालमा भौतिक तथा निर्माण मन्त्री रहदा बिजयकुमार गच्छेदारले शिलान्यास गरेको पुल हालसम्म पनि निर्माण सम्पन हुन सकेको छैन । सो  पुल संचालनमा नआउदा गौरीकञ्ज जानकालागि जोखिममा डुंगाको साहारामा दैनिक गौरीगञ्ज बजार जान बाध्य रहेको स्थानीय बताउ छन । 

    नेपाल सरकारले सिमावर्ती छेउ तथा मधेसी समुदायको बाहुलियता रहेको बस्ति भएको कारणले गर्दा बेवास्ता गरेको आरोप समेत लगाएका छन । सो पुलको २ सय मिटर लम्बाई गौरी-पार्वतीले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खोलाको चौडाई बढी भएको हुनाले उक्त पुलको पुर्व पट्टीबाट पुनः एक सय देखि एक सय ५० मिटरको लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको स्थानीयले बताए । 

    यस पुलको २ सय मिटर लम्बाईको पुल निर्माण भई सकेता पनि पुलको उचाइ १० फिट अलगो रहेको हुनाले पुर्व र पश्चिमतर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । प्रत्येक दिन यी खाेलाबाट नाउँको साहरामा ३ सय देखि ५ सयसम्म आवत जावत गर्ने गरेका छन ।

    चुनावको समयमा खाेलामा तटबन्धन बाँधने नारा लिएर  चुनाव  जितेका नेताहरु अहिले  खोला फर्काउने कुनै पहल नगरेको स्थानीयले आरोप लग्ए।  सो पुल निर्माण भएर संचालनमा आएमा बिराटनगरदेखि भद्रपुरसम्म आवतजावत गर्नेका लागि सर्वसाधारणहरुले बिराटनगर, ईटहरी, दमक र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउने र हुलाकी राजमार्गको बाटो आवतजावत गर्न छोटो बाटो र सहज हुने  स्थानीयहरु बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...