News Portal

गायिका जुनी खालिङ र रविन राईको ‘हङकङको सुन दिउँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५१८ पटक

काठमाडौं – पूर्वाञ्लकी चर्चित गायिका जुनी खालिङ राई र रविन एवाई राईको संयुक्त आवाजमा रहेको ‘हङकङको सुन दिउँला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पूर्वेली लोकशैलीको सार्वजनिक गीत साहित्यकार शुक्रखिम्दुङ राईको शब्द रचना, युवा संगीतकार कृष्णकुमार राईले संगीत दिएका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियो पनि गायिका जुनी खालिङ राईले नै निर्देशन गरेकी हुन् ।

भिडियोमा गायिका जुनी खालिङ राई र युवा गायक रविन एवाई राईको मुख्य अभिनय रहेको छ । सार्वजनिक म्युजिक भिडियोको छायाँकन र सम्पादन राज बान्तवाले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियो गायगिका जुनी खालिङ राईको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन्। 

पूर्वाञ्चल धनकुटाकी चर्चित गायिका राईले पछिल्लो समय गायनमा निक्कै सक्रिय रहेकी छिन्। उनले लगातार पूर्वेली लोकलयका गीतहरु बजारमा ल्याई रहेकी छिन्। पछिल्लो समय म्युजिक भिडियो निर्देशकको भूमिका समेत निर्वाह गरिरहेकी छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...