आज : २०२६-०६-०४, बिहीबार

गायिका जुनी खालिङ र रविन राईको ‘हङकङको सुन दिउँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पूर्वाञ्लकी चर्चित गायिका जुनी खालिङ राई र रविन एवाई राईको संयुक्त आवाजमा रहेको ‘हङकङको सुन दिउँला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पूर्वेली लोकशैलीको सार्वजनिक गीत साहित्यकार शुक्रखिम्दुङ राईको शब्द रचना, युवा संगीतकार कृष्णकुमार राईले संगीत दिएका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियो पनि गायिका जुनी खालिङ राईले नै निर्देशन गरेकी हुन् ।

भिडियोमा गायिका जुनी खालिङ राई र युवा गायक रविन एवाई राईको मुख्य अभिनय रहेको छ । सार्वजनिक म्युजिक भिडियोको छायाँकन र सम्पादन राज बान्तवाले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियो गायगिका जुनी खालिङ राईको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन्। 

पूर्वाञ्चल धनकुटाकी चर्चित गायिका राईले पछिल्लो समय गायनमा निक्कै सक्रिय रहेकी छिन्। उनले लगातार पूर्वेली लोकलयका गीतहरु बजारमा ल्याई रहेकी छिन्। पछिल्लो समय म्युजिक भिडियो निर्देशकको भूमिका समेत निर्वाह गरिरहेकी छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्