News Portal

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु

हिमालीसंचार संवाददाता
२४१ पटक

खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ३ च्यास्मीटारको बालबिकास आधारभुत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि लोपोन्मुख अबस्थामा पुगेको तिलुङ भाषाको ऐच्छिक विषय कक्षा-१ मा पठन–पाठन सुरु गरिएको हो ।

तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छिन्। तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । त्यस्तै,  चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभुत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको नगर प्रमुख राईले जानकारी दिएन्।

लोपोन्मुख अबस्थामा पुगेको भाषाको संरक्षण र सम्बद्धनका लागि तिलुङ भाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । कक्षा ३ सम्मको पाठ्यक्रम तयार  रहेको तिलुङ राई बुगाकिमले जनाएको छ ।

किरात राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङ भाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ ।

२०७० जेठ १३ र १४ गतेको काठ्माडौंमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको थियो । वर्ण निर्धारणकाक्रममा तिलुङ भाषाका व्याञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण ६ वटा मात्र रहेको पत्ता लागेको थियो । कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण संख्या कम पाइएको हो ।

तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, एै, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ । प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाबिदहरु बताउँछन् ।

यस्तै, आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ बैसाख तेश्रो साता च्यास्मीटारका तिलुङ भाषी बुढापाकालाई काठमाडौं लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो । तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चावहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो ।

खोटाङको च्यास्मीटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । बुढापाकाको अन्त्यसँगै तिलुङ भाषाको अस्तित्व संकटमा परेको छ । राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मीटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...