News Portal

वामदेवलाई चुनाव लडाउनुको औचित्य के हाे ? : मन्त्री खनाल

हिमाली संचार संवाददाता
६०७ पटक

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताएका छन् । उनले भने, ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन् ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामीले काठमाडौंमा मासुको अनुगमन गिरिरहेका छौं । नेपालमा मासुको प्रयोग बढिनै हुने गरेको छ । तर, नियमन भने हुन सकेको छैन् । राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं । राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन् । तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं ।’

फरक प्रसंगमा उनले पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ ।’

यद्धपि उनले नेता गौतमलाई पार्टीको वरिष्ठ नेता भएकोले सुनाउँदै भने, ‘उहाँ पार्टीको बरिष्ठ नेता हो । राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति हुँदै हो । उहाँ चुनाव उठ्नुपर्छ । जित्नुपर्छ भन्ने कुरा आँफैमा ठिक पनि छ । तर, अर्को पक्ष के हो भने त्यो संस्थापक हुनुपर्छ । त्यो पार्टीभित्र छलफल हुनुपर्छ । त्यसको आवश्यकत्ता महशुस हुनुपर्छ ।’

मन्त्री खनालले नेता गौतमको प्रतिनिधिसभामा आवश्यक रहेको पनि सुनाए । ‘प्रतिनिधिसभामा उहाँको आवश्यक नहुने भन्ने कुरा होईन, उहाँको आवश्यक छ । तर, चुनाव भएको एक वर्षपनि भएको छैन । अरुलाई राजीनामा गराएर उहाँलाई ल्याउनको लागि केही औचित्यहरु पुष्टि गर्नुपर्छ । यसो गर्दा जनतालाई पनि सहज हुन्छ । यसकारणले उहाँलाई हामीले संसदमा लगेका हौं भनेर पुष्टि गर्नुपर्छ’ उनले थपे ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...