News Portal

भारतको बिहारमा किशोरीलाई बलात्कार प्रयास असफल भएपछि जिउँदै जलाइयो

हिमालीसंचार संवाददाता
५०० पटक

बिहार। भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ। शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको किशोरीको हाल मुजफ्फरपुर अस्पतालमा उपचार भइरहेको छ।

सीतामढीको पुपरी थानाका प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको हो। पीडितको भनाइअनुसार एक व्यक्तिले उनीनजिक आएर बलात्कार गर्ने प्रयास गरे। बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले किशोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाए। कारबाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ। ‘

पीडित परिवार किसानी पेशा गर्छन्। उनका भाइले स्थानीय मिडियालाई भिडियो अन्तर्वार्तामा भने, ‘उनी बिहान करिब १० बजे पापालाई खाना लिएर खेतमा गएकी थिइन्। पापा खाना खाइसकेर औषधि लिन अस्पताल गए।

यसैबीच करिब १२.४५ बजे त्यो केटा आएर उनलाई बलात्कारको प्रयास गरेर आगो लगायो। हामीलाई गाउँलेहरूले खबर गरेका थिए। बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। हामीलाई उनी बाँच्छिन् भन्ने लाग्दैन।’

अभियुक्तको अर्को सहयोगी पनि घटनामा रहेको स्थानीय सञ्चारमाध्यमले लेखे पनि स्थानीय प्रहरी चौकीले भने उल्लेख गरेको छैन । स्थानीय पत्रकार मोना पटेलले भनिन्, ‘पीडित अहिले अलिअलि मात्र बोल्दै छिन् । त्यसैले यो कुरा स्पष्ट हुन समय लाग्नेछ।’ बीबीसीबाट।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...