News Portal

कुवेतसँग नेपालकाे लजास्पद हार, मुख्य प्रशिक्षक अलमुताइरी बेहोस !

हिमालीसंचार संवाददाता
५२४ पटक

कुवेत सिटी। एएफसी एसियन कप २०२३ छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो।

घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक-एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए।

२८औं मिनेटमा फहद अलरेसिदी गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे। ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० ले अघि बढाए।

७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दा कुवेतको अग्रता ४-० बन्यो। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दा नेपालले एक गोल फर्कायो।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो।

कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ। नेपालले अंकको खाता खोल्न सकेको छैन। यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ।

यसैबीच नेपाल र कुवेतको खेल भइरहँदा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने बेहोस भएका थिए। उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर ढलेका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई अस्पताल लगिएको हो।

उनलाई फारवानिया अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी अहिले डिस्चार्ज भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...