News Portal

कुवेतसँग नेपालकाे लजास्पद हार, मुख्य प्रशिक्षक अलमुताइरी बेहोस !

हिमालीसंचार संवाददाता
६०० पटक

कुवेत सिटी। एएफसी एसियन कप २०२३ छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो।

घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक-एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए।

२८औं मिनेटमा फहद अलरेसिदी गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे। ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० ले अघि बढाए।

७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दा कुवेतको अग्रता ४-० बन्यो। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दा नेपालले एक गोल फर्कायो।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो।

कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ। नेपालले अंकको खाता खोल्न सकेको छैन। यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ।

यसैबीच नेपाल र कुवेतको खेल भइरहँदा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने बेहोस भएका थिए। उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर ढलेका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई अस्पताल लगिएको हो।

उनलाई फारवानिया अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी अहिले डिस्चार्ज भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...