News Portal

पोर्चुगलमा बेपत्ता सुजन सिलवालकाे शव समुद्री तडमा फेला

हिमालीसंचार संवाददाता
४७५ पटक

पोर्चुगल। झण्डै दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्री तडमा भेटिएकाे छ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको थियो। सिलवालको शव अहिले अस्पतालमा रहेको छ। रोजगारीको सिलसिलामा उनी करिब ७ बर्ष अघि पोर्चुगल आएका थिए।

गत बिहीबार (जुन ९) मात्रै शवको पहिचान खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलले जानकारी दिएको छ। संघका अध्यक्ष रबिन अधिकारीका अनुसार आगामी सोमबारसम्म पोर्चुगलमा लगातार विदा परेकोले मंगलबारमात्रै यसबारे थप जानकारी लिने सकिने बताए।

सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह आएको छ उनले भने। सोमबारसम्म विदा परेकोले मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया सकेर शव बुझ्ने प्रक्रिया सुरु हुनेछ। त्यस लगत्तै शव नेपाल पठाउनेबारे तयारी गरिने अध्यक्ष अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...