News Portal

झापाली समाज कुवेतको १७ जुनमा चौथो महाअधिवेशन हुदै

हिमालीसंचार संवाददाता
३४८ पटक

कुवेत – कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा चौथो महाअधिवेशन कार्यक्रम गर्ने भएको महासचिब गोविन्द प्रसाद तिम्सिनाले बताए।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो महाअधिवेशन बिश्वभरि फैलिएको कोरोना भाईरसका कारण स्थगित गरेको गरिएको पुन: समाजलाई निरंन्तता दिदै गत मेई १३ तारिख शुक्रबारको दिन कुवेतको फर्वानियास्थित पार्कमा समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो १७ जुनबाट नयाँ कार्यसमिति पाउने भएको छ।

उक्त महाअधिबेशनलाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।

समय : दिनको ठिक ०१ बजे
मिति : १७ जुन, २०२२ शुक्रबार
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया
सम्पर्क फोन न. : ६६०३६१२४/ ६६९७६७३०

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...