News Portal

झापाली समाज कुवेतको १७ जुनमा चौथो महाअधिवेशन हुदै

हिमालीसंचार संवाददाता
२९७ पटक

कुवेत – कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा चौथो महाअधिवेशन कार्यक्रम गर्ने भएको महासचिब गोविन्द प्रसाद तिम्सिनाले बताए।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो महाअधिवेशन बिश्वभरि फैलिएको कोरोना भाईरसका कारण स्थगित गरेको गरिएको पुन: समाजलाई निरंन्तता दिदै गत मेई १३ तारिख शुक्रबारको दिन कुवेतको फर्वानियास्थित पार्कमा समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो १७ जुनबाट नयाँ कार्यसमिति पाउने भएको छ।

उक्त महाअधिबेशनलाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।

समय : दिनको ठिक ०१ बजे
मिति : १७ जुन, २०२२ शुक्रबार
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया
सम्पर्क फोन न. : ६६०३६१२४/ ६६९७६७३०

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...