News Portal

  • गैरआवासीय नेपाली संघले २५ देशमा एनसीसी गठन गर्ने

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    कुवेत – गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि)को पदाधिकारीहरुको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन गर्ने निर्णय गरेको छ।

    ४ जुन २०२२ मा संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले जुन अन्तिमसम्म २५ वटा भन्दा धेरै देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) गठन गर्ने आधारसहित निर्णय गरेको हो।

    अहिलेसम्म मध्येपूर्वको साउदी अरब र अमेरिकाजको क्यानाडामा एनआरएनए एनसीसी गठन भएका छन्। युरोपको क्रोयसियामा पहिला नै एनसीसी गठन भएता पनि यसै हप्ता मान्यता प्रदान गरिने भएको छ। कतिपय देशमा भने अध्यावधिक रहेका एनआरएनए एनसीसीहरुले साझेदारी सहकार्यमा काम गर्न तयार भएका छन्।

    अब युरोपमा ९ भन्दा धेरै एनसीसी तयारी अवस्थामा छन्। मध्यपूर्वमा र अफ्रिकामा ६, एशियामा ६, अमेरिकामा २, ओसीयानियामा २ गरि २५ भन्दा धेरै एनसीसीहरु बन्ने भएका हुन्।

    त्यसैगरी, जुनमा अमेरिका क्षेत्रको जुम र्याली, जुलाईमा मध्येपुर्व र अगष्टमा युरोप क्षेत्रका क्षेत्रीय स्तरमा बैठकहरु आयोजना हुने भएका छन्। सेप्टेम्बर २०२२ सम्म ३० देखि ४० देशमा एनआरएनए एनसीसी बनाउने योजना तय भएको छ। यसका साथै अक्टुवर २०२२ मा काठमाण्डौमा एक भब्य कार्यक्रमको आयोजना गर्ने र अन्य बिषयमा पनि निर्णय भएको बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...