News Portal

गैरआवासीय नेपाली संघले २५ देशमा एनसीसी गठन गर्ने

हिमालीसंचार संवाददाता
३९५ पटक

कुवेत – गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि)को पदाधिकारीहरुको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन गर्ने निर्णय गरेको छ।

४ जुन २०२२ मा संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले जुन अन्तिमसम्म २५ वटा भन्दा धेरै देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) गठन गर्ने आधारसहित निर्णय गरेको हो।

अहिलेसम्म मध्येपूर्वको साउदी अरब र अमेरिकाजको क्यानाडामा एनआरएनए एनसीसी गठन भएका छन्। युरोपको क्रोयसियामा पहिला नै एनसीसी गठन भएता पनि यसै हप्ता मान्यता प्रदान गरिने भएको छ। कतिपय देशमा भने अध्यावधिक रहेका एनआरएनए एनसीसीहरुले साझेदारी सहकार्यमा काम गर्न तयार भएका छन्।

अब युरोपमा ९ भन्दा धेरै एनसीसी तयारी अवस्थामा छन्। मध्यपूर्वमा र अफ्रिकामा ६, एशियामा ६, अमेरिकामा २, ओसीयानियामा २ गरि २५ भन्दा धेरै एनसीसीहरु बन्ने भएका हुन्।

त्यसैगरी, जुनमा अमेरिका क्षेत्रको जुम र्याली, जुलाईमा मध्येपुर्व र अगष्टमा युरोप क्षेत्रका क्षेत्रीय स्तरमा बैठकहरु आयोजना हुने भएका छन्। सेप्टेम्बर २०२२ सम्म ३० देखि ४० देशमा एनआरएनए एनसीसी बनाउने योजना तय भएको छ। यसका साथै अक्टुवर २०२२ मा काठमाण्डौमा एक भब्य कार्यक्रमको आयोजना गर्ने र अन्य बिषयमा पनि निर्णय भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...