News Portal

भरतपुर महानगरमा मेयरमा माओवादीकी रेनु र उपमेयर काँग्रेसका चित्रसेन विजयी

हिमालीसंचार संवाददाता
३८३ पटक

चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।

भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२०३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९५८१ मत मात्र पाए । दाहालले १२४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।

यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४​७२८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२१९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३०१९१ मत मात्र आएको छ । ०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ । 

यस्तै काँग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । काँग्रेसले १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो । यस्तै माओवादी केन्द्रले  १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि  ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले एमाले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जित्दा २५ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेको छ । 

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...