एउटा गरिब थियो। थुप्रै छोराछोरीहरु थिए । मुस्किलले हुर्कायो अनेक सास्ति खेपेर । छोराछोरीहरु हुर्केपछि सुखको दिन आउला भन्ने आमा बाबुको आशा थियो ।
छिमेकिले बुद्धिहीन एउटा छोरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियो । त्यसले आमाको गहना खोसेर छिमेकीलाई दियो । आमाको बेइज्जत गर्या । घरबारी बुझाउने सर्तमा परिवारघात गर्या । पितालाई हटाएर आफू घरको हर्ता कर्ता भयो । भनौं छिमेकीको हातमा बेचिएर ऊ घरमुली भयो ।
बुद्धिहीन त्यो बिकेका छोरालाई टुंगोमा नल्याए उठीबास हुने निश्चित देखेर अरू सन्तानहरू एकजुट भए । कडा मिहिनेत गरे। छिमेकीको लहैलहैमा नलागी एकताबद्ध भई छिमेकिको थिचो मिचो र अन्याय विरुद्ध एकजुट भई लडे ।
बिकेको वा बिक्नेलाई परिवारले पनि बहिस्कार गर्नु पर्छ भन्ने पाठ सिके। बिकेको बाहेक अरुहरूका पारिवारीक एकता कायम भयो ।
छिमेकीको उनीहरूले उठीबास गराएर उनीहरूको भुमि खाने षड्यन्त्र बिफल बनाए । अनि आफ्नो पुर्खाली भूमि जोगाए ।
सरणकुमार राई
धरान, सुनसरी नेपाल