News Portal

‘लघुकथा’ एकताले भूमि जोगायो : सरणकुमार राई

हिमालीसंचार संवाददाता
३०५ पटक

एउटा गरिब थियो। थुप्रै छोराछोरीहरु थिए । मुस्किलले हुर्कायो अनेक सास्ति खेपेर । छोराछोरीहरु हुर्केपछि सुखको दिन आउला भन्ने आमा बाबुको आशा  थियो ।

छिमेकिले बुद्धिहीन एउटा छोरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियो । त्यसले आमाको गहना खोसेर छिमेकीलाई दियो । आमाको बेइज्जत गर्या । घरबारी बुझाउने सर्तमा परिवारघात गर्या । पितालाई हटाएर आफू घरको हर्ता कर्ता भयो । भनौं छिमेकीको हातमा बेचिएर ऊ घरमुली भयो ।

बुद्धिहीन त्यो बिकेका छोरालाई टुंगोमा नल्याए उठीबास हुने निश्चित देखेर अरू सन्तानहरू एकजुट भए । कडा मिहिनेत  गरे। छिमेकीको लहैलहैमा नलागी एकताबद्ध भई छिमेकिको थिचो मिचो र अन्याय विरुद्ध एकजुट भई लडे ।

बिकेको वा बिक्नेलाई परिवारले पनि बहिस्कार गर्नु पर्छ भन्ने पाठ सिके। बिकेको बाहेक अरुहरूका पारिवारीक एकता कायम भयो ।

छिमेकीको उनीहरूले उठीबास गराएर उनीहरूको भुमि खाने  षड्यन्त्र बिफल बनाए । अनि आफ्नो पुर्खाली भूमि जोगाए ।

सरणकुमार राई

धरान, सुनसरी नेपाल

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...