News Portal

खोटाङमा ठूला दलले पहिलो दिन उम्मेदवारी दर्ता गर्न सकेनन्

हिमालीसंचार संवाददाता
२५५ पटक

खोटाङ – खोटाङ जिल्लामा हिजो मनोनयन दर्ताको पहिलो दिन ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन् ।

आगामा ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले रातभरमा उम्मेदवार टुंग्याएर सोमबार साँझ ५ बजेसम्ममा उम्मेदवैर दर्ता गराउने तयारी गरिरहेका छन् ।

हिजो पहिलो दिन राप्रपा, खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका थिए । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र वडासदस्यमा उम्मेदवार दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । वडाध्यक्षमा तीन जनाको स्वतन्त्र उम्मेदवार समेत परेको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता गरेको छ । हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएको हो । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओवादी केन्द्रले वडाध्यक्ष सहित चार सदस्यमा उम्मदवार दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा राप्रपाले वडाध्यक्ष सहितमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा एमालेले वडाध्यक्ष सहित सबै पदमा उम्मेदवार दर्ता गराएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गौतमले हिमालीसंचारडटकमलाई जानकारी दिए।  

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...