News Portal

खोटाङमा ठूला दलले पहिलो दिन उम्मेदवारी दर्ता गर्न सकेनन्

हिमालीसंचार संवाददाता
३२४ पटक

खोटाङ – खोटाङ जिल्लामा हिजो मनोनयन दर्ताको पहिलो दिन ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन् ।

आगामा ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले रातभरमा उम्मेदवार टुंग्याएर सोमबार साँझ ५ बजेसम्ममा उम्मेदवैर दर्ता गराउने तयारी गरिरहेका छन् ।

हिजो पहिलो दिन राप्रपा, खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका थिए । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र वडासदस्यमा उम्मेदवार दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । वडाध्यक्षमा तीन जनाको स्वतन्त्र उम्मेदवार समेत परेको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता गरेको छ । हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएको हो । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओवादी केन्द्रले वडाध्यक्ष सहित चार सदस्यमा उम्मदवार दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा राप्रपाले वडाध्यक्ष सहितमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा एमालेले वडाध्यक्ष सहित सबै पदमा उम्मेदवार दर्ता गराएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गौतमले हिमालीसंचारडटकमलाई जानकारी दिए।  

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...