News Portal

  • मोरङ जिल्लाका सुरक्षा समितिद्वारा नेपाल-भारतको सिमाक्षेत्रका मतदान केन्द्रको स्थलगत अवलोकन

    हिमालीसंचार संवाददाता
    २९० पटक

    रबिन्द्र बराल/मोरङ – आगामी स्थानीय तहका निर्वाचन नजिकिदै जाँदा मोरङ जिल्लाका सुरक्षा समितिले नेपाल-भारतका सिमा क्षेत्रमा रहेका ७० वटा भन्दा बढी मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छन् । जिल्ला सुरक्षा समिति मोरङले सिमाक्षेत्रमा रहेका मतदान केन्द्रहरुको अनुगमन गरेको हो ।

    सिमा क्षेत्रका मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गर्नका लागि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक वासुदेव सिग्देल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का, सशस्त्र प्रहरी बिओपी रंगेलीका कमल बहादुर अधिकारी लगायतका अनुगमन टोलीले निरीक्षण गरेका थिए। 

    जिल्ला सुरक्षा समितिको संयुक्त टोलीले रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्षी नगरपालिका, जहदा गाउँपालिका लगायत सिमावर्ती क्षेत्रमा पर्ने मतदान केन्द्रका स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। 

    जिल्लाका आदर्श माध्यमिक बिधालय, अभिजित प्राथमिक बिधालय, निचामारी प्राथमिक बिधालय, जनता माध्यमिक बिधालय, पव्लिक उच्च माध्यमिक बिधालय लगायतका बिधालयहरुमा तोकिएको मतदान केन्द्रका अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले हिमालीसंचारडटकमसंग बताए ।

    जिल्लाका सुरक्षा समितिका अधिकारीका अनुसार स्थानीय तहका निर्वाचनका लागि मतदान केन्द्रलाई तीन भागमा विभाजन गरेका छन । अति समंवेदन शील, समवेदन शील र सामान्य गरी तीन भागमा वर्गिकरण गरेर आवश्यक सुरक्षा प्रदान गर्ने अधिकारीहरुले बताएका छन्। 

    प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार मतदान गर्नका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक पूर्वाधारको अवस्था केही राम्रो सुरक्षा ब्यबस्था र आवश्यक थप सुरक्षा प्रदान गर्नका लागि सम्बन्धित स्थानीयका पालिकाहरुलाई समेत जानकारी गरिएको हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...