News Portal

आइया नि हौ, आक्का नि हौ!!

हिमालीसंचार संवाददाता
२८८ पटक

हिउँ फुल्यो सेतै त्यो माथि लेकैमा
जोभान फुल्यो यो काली केसैमा
मायालु भुल्यो पराया देसैमा
– पराया देसैमा ।
आइया नि हौ !
आक्का नि हौ !

दु:खले उडाई लगिगो, जहाजै हरर
बरी लै जहाजै हरर
बालुवा मन्मा आँसु त बगिगो तरर
बरी लै बगिगो तरर
बरी लै बरी लै बगिगो तरर !
आइया नि हौ !
आक्का नि हौ !

बगेर जाने यो मुल, मै जमेँ जरुवा
है बरा ! मै जमेँ जरुवा
जिन्दगीको नामको खेलैमा मै भएँ हरुवा
है बरा ! मै भएँ हरुवा
है बरा ! कठैबरा !
मै भएँ हरुवा ।
आइया नि हौ !
आक्का नि हौ !

यामैले फुल्छ नि वनको फूल
मायाले मनको फूल
आहा है ! मायाले मनको फूल
तनप्यारा भए नि बिरानी
ज्यान बाँची गर्‍यो भुल
आहा है ! ज्यान बाँची गर्‍यो भुल
आहा है ! आहा है !
ज्यान बाँची गर्‍यो भुल ।

(शीतल सिदर जिन्दगी गरम !
दुखिया करम ए जिन्दगी सलाम !)
आइया नि हौ
आक्का नि हौ ।

राजन मुकारुङ
साहित्यकार

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...