हिउँ फुल्यो सेतै त्यो माथि लेकैमा
जोभान फुल्यो यो काली केसैमा
मायालु भुल्यो पराया देसैमा
– पराया देसैमा ।
आइया नि हौ !
आक्का नि हौ !
दु:खले उडाई लगिगो, जहाजै हरर
बरी लै जहाजै हरर
बालुवा मन्मा आँसु त बगिगो तरर
बरी लै बगिगो तरर
बरी लै बरी लै बगिगो तरर !
आइया नि हौ !
आक्का नि हौ !
बगेर जाने यो मुल, मै जमेँ जरुवा
है बरा ! मै जमेँ जरुवा
जिन्दगीको नामको खेलैमा मै भएँ हरुवा
है बरा ! मै भएँ हरुवा
है बरा ! कठैबरा !
मै भएँ हरुवा ।
आइया नि हौ !
आक्का नि हौ !
यामैले फुल्छ नि वनको फूल
मायाले मनको फूल
आहा है ! मायाले मनको फूल
तनप्यारा भए नि बिरानी
ज्यान बाँची गर्यो भुल
आहा है ! ज्यान बाँची गर्यो भुल
आहा है ! आहा है !
ज्यान बाँची गर्यो भुल ।
(शीतल सिदर जिन्दगी गरम !
दुखिया करम ए जिन्दगी सलाम !)
आइया नि हौ
आक्का नि हौ ।
राजन मुकारुङ
साहित्यकार