News Portal

कबिता – एउटा कुरुप अमान्छे

हिमाली संचार संवाददाता
१०३२ पटक

– प्रीति अर्याल

मतिष्कका मरुभूमिमा
सुन्दर फुल फुलाउन
अाएकाे छ
एउटा कुरुप अमान्छे

घृणाकाे तरबार लिएर अाउछ
षड्यन्त्र गर्छ
एक अंश छेदन गरेर जान्छ
छल गर्छ र फेरि
बिकासकाे एक अंश
छेदन गरेरै जान्छ
अभाबले भरिपूर्ण
क्रान्तिलाई कुल्चिएर जान्छ
कुरुप त्यो अमान्छे

बर्चस्व देखाउदै
अालिसान महलमा
सम्पुर्णतामा बाच्छ
त्यो कुरुप अमान्छे
अब ,
मतलब छैन उसलाई
निमुखाकाे अाँसु बगेको
बस्ती टुक्रा टुक्रा भएको
र त ,
अावरण बिर्सेर अाफ्नाे
धरातल भुलेर अाफ्नै
चाेटले बङ्गाएर राष्ट्र
कुहाएर उनीहरूकाे
स्वतन्त्र जिउने सपना
अादेश जारी गर्छ

संकल्प गर्छ
मेटाएर मान्छे
अत्यधिक उर्जाले भरिएको
अमान्छेकाे बस्ती बनाउछु
समाज बनाउछु
र , सिङ्गो राष्ट्र बनाउछु

हाल: काठमाडौ

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...