– प्रीति अर्याल
मतिष्कका मरुभूमिमा
सुन्दर फुल फुलाउन
अाएकाे छ
एउटा कुरुप अमान्छे
घृणाकाे तरबार लिएर अाउछ
षड्यन्त्र गर्छ
एक अंश छेदन गरेर जान्छ
छल गर्छ र फेरि
बिकासकाे एक अंश
छेदन गरेरै जान्छ
अभाबले भरिपूर्ण
क्रान्तिलाई कुल्चिएर जान्छ
कुरुप त्यो अमान्छे
बर्चस्व देखाउदै
अालिसान महलमा
सम्पुर्णतामा बाच्छ
त्यो कुरुप अमान्छे
अब ,
मतलब छैन उसलाई
निमुखाकाे अाँसु बगेको
बस्ती टुक्रा टुक्रा भएको
र त ,
अावरण बिर्सेर अाफ्नाे
धरातल भुलेर अाफ्नै
चाेटले बङ्गाएर राष्ट्र
कुहाएर उनीहरूकाे
स्वतन्त्र जिउने सपना
अादेश जारी गर्छ
र
संकल्प गर्छ
मेटाएर मान्छे
अत्यधिक उर्जाले भरिएको
अमान्छेकाे बस्ती बनाउछु
समाज बनाउछु
र , सिङ्गो राष्ट्र बनाउछु
हाल: काठमाडौ