
जनताको अथाह प्रेम छ। मानिसहरू विभिन्न विशेषणले विभूषित गर्ने गर्छन्। उनलाई घृणाभन्दा प्रेम गर्नेहरूको जमात हजारौ गुणा फराकिलो रहेको छ। उनी पौरखी, उदार स्वभावले सिञ्चेको चरित्र र दर्शनशास्त्रले भरिपूर्ण छिन्। सादा जीवन-उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रको धरोहर हुन्; आङ सान सुकी।
नेत्री सुकीको जन्म सन् १९४५ जुन १९ तारिख मध्य म्यान्मार बर्माको नात्मुक भन्ने ठाउँमा भएको हो । उनको औपचारिक शिक्षा मध्य रङ्गुनस्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट सुरू भएको बर्मेली पाठशालामा पढेकी हुन्।
कहालीलाग्दो राजनीतिक संकटबाट देशलालाई मुक्त गर्न नेत्री सुकी बच्चैदेखि मनन, चिन्तन गर्थिन्–रे, पढेको/सुनेको देश, जनता, प्रजातन्त्र र मानव अधिकारका लागि उनले गरेको त्याग र संधर्षबाट विश्व नै परिचित छ। आफ्नै बुबाको जस्तो मोहित पार्ने शक्ति नेत्री सुकीको अर्को परिचय हो ।
राजनैतिक रंगमञ्चमा उनी सजिलै आईपुगेकी कहाँ हुन् र? चालिएका कदमहरू सहज अनि समय छोटा विल्कुलै छैन। उनीले भोगेका जस्तै दुःख र पीडा व्यहोर्न कसले सक्ला र?
सुन्दर विचारको पहाड, त्याग र समर्पनको प्रतिमूर्ति भनेर समेत चिनिने प्रजातन्त्रवादी नेत्री सुकी बर्मेली समाजकी आमा हुन्। कसैकसैकी दिदी पनि हुन्। उनका लागि देश र जनता नै सबैथोक हुन्। उनले देशका लागि पति र पुत्रहरू समेत त्यागिन्। उनले सुख-सयल सम्पन्न परिवार नै त्याग गरिन्।
आफ्ना, इच्छा र आकांक्षाहरूलाई परित्याग गर्नु सानो बलिदान होइन। ‘कर्मको खेल रहेछ सबै यो जगतमा, कर्मको फेलापरी म परे बन्धनमा’ भने झैँ कर्म कै खेलमा राजनीतिक परिवेशमा आइपुगिन् उनी।
राष्ट्रियता र सभ्य राजनीतिप्रति उनको अथाह प्रेम नै प्रेम झल्किन्छ। ‘हुने विरूवाको चिल्लो पात’ भने झैँ नभन्दै उनी भित्रको राजनीतिक बिजा सप्रियो। राजनीतिज्ञहरूले पछिल्लो युवा पुस्ताहरूलाई नै अग्रपंतिमा राख्ने गर्छन् । बर्मामा उनी आमा सुकी अग्रपंतिमा आइपुगिन्। उनीलाई रोक्ने अनेकौ प्रयास नगरिएको भने हैन। तर आफ्नै खुबीले चिनायो । उनी झल्झल् बल्ने आगो जस्तै रापिलो ताप बल्न थालिन्।
म्यान्मारको जनजनले बुझ्दो भाषामा भाषण गर्नु नेत्री सुकीको नौलो रहर–लाग्दो मिठास् कला छ । जनमानस उनको मुस्कानमा पग्लिन्छन् । आमाको ईमान्दारीताले होला– मुस्कान नै मीठो लाग्छ।
क्रान्तिको अग्रदूत बनेर उनीद्वारा शब्दहरू लाखौ बोलिन्छ । उनीको प्रयास सामान्य हैन। प्रजातन्त्रको गहिराइमा राम्रो संग डुबुल्की नमारेपनि नेत्री सुकीमा स्वतन्त्रताको परिभाषा बुझ्नने फराकिलो दायरा छ। जनताले उनीप्रतिको धारणा जानेकै कारण प्रजातन्त्रको गर्जन मागेको हुन्।
असल, सभ्य, अहम–पना नभएकाले राजनीतिज्ञहरू उनकै वरिवरी घुम्छन् । क्रान्ति भनेको रगताम्यै हुनुपर्छ भन्ने छैन। बिना रगत शान्ति नै क्रान्तिको महत्व हो । शान्ति नै राष्ट्रियता अनि कुटनीति पनि । शान्तिको मार्ग अपनाएकाहरूलाई हतियारधारीले जित्न सकेनन् र सक्दैँनन् पनि। सुकीको नीति हृदयबाट प्रष्फुटित भएको हो । प्रेमबाट प्रवाहित भएको हो । क्रूरताले भरिएका हतियारधारीको जनताले वलिदान दिईरहेका छन् ।
स्वतन्त्रताकी प्रतिक सुकीलाई विरोधीहरुले भए नभएका लाञ्छना नलाएको होईनन् । आफ्नो मुस्कानले धर्ती सजाउँदै, आफ्नो लक्ष्यमा पाइला चालिरहिन् । उनीभित्र उर्जा छ। बाहिरी वस्तुमा कुनै प्रभाव छैन। दुबै आँखा बन्द गरेर विश्वास गर्नु हुँदैन। राजनीति भनेको मानिससँग खेल्ने हो । कहिलेकाहीँ उनी कट्पुतली पनि बनिदिन्छिन् । तर, उनीले हारेको भने छैनन्।
सभ्य स्वभाव, आँखामा शक्ति र कुटनीति भरिपूर्ण छ। उनीसँग कसले आँखा जुधाउन सक्ला र? उनीलाई चिन्नु छ भने उनका भाषणहरू सुन्नु, पढ्नु पर्छ। उनको जस्तो शहनशील र लगनशील भएर नै यति–लामो कार्य भएको हो । नत्र त कसले पो गर्न सक्छ र? उनीसंग राजनीतिक प्रतिस्पर्धा कुनैपनि व्यक्तिहरूप्रति कुदृष्टि नराखी सत्यताको लागि डटेर काम गर्दै आत्मविश्वासको छडी समाएर नै नेत्री सुकी सफल बनेकी थिईन् ।
बर्माका सबैकी राष्ट्रमाता उनी कति हो कति महान छिन् उनी । व्यक्तिगत रूपमा पुज्ने पनि होलान् । तर नेत्री सुकी देवता हैनन्, मानिसभित्रकै मानिस हुन्। उनको बौद्धिकपनाले उनलाई लोकप्रिय विशेष बन्न पुगेकी हुन् । एसियामा उनको महत्त्व अर्कै छ। किनकि उनको महानता नै विशेष छ । मान्छेलाई मान्छे जस्तो व्यवहार गर्ने सिंगो बर्मा भित्र जन्मिइन्। बुद्धका सन्देशहरूलाई हृदयबाट मनन गर्ने व्यक्ति हुन्– प्रजातन्त्रवादी नेतृ सुकी।
कुनै कालखडमा बिरामी आमालाई सेवा गर्न तत्कालिन बर्मा फर्किदा, देशले नै जिम्मेवारी उनको काँधमा राखिदियो । उनी सोच्न बाध्य भइन्। देशकै लागि जिम्मेवारी आएको हुँदा नाइ भन्न सकीनन् । र, भनुन् पनि कसरी? इतिहासकै खाँचो परिपूर्ति गर्न सबै–सबै सपना लण्डनमै छाडी पुनः बर्मा फर्किन। सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा सन् १९८८ अगस्त ८ तारिख गरेकी हुन्।
उनमा निष्ठा, त्याग र तपस्या कसरी आयो – अचम्मित हुन्छन्। हृदयस्पन्दनबाट नै आएको हुनुपर्छ। म्यान्मारले असल र सरल नेतृत्व पाएर धन्य भएको छ। क्रान्तिकारी समयमा उनी नै लक्ष्य विन्दु हो। र, प्रकाश स्तम्भ पनि।
सधैं जागृत उर्जायमान छिन् उनी। जनताले दुःख पाउँदा उनी पनि दुःखमै भिजेकी हुन्छिन्। आज पनि सैन्य तानाशाहीको तारो बनेकी छिन् । देशमा राजनीतिक ‘कू’ गरेर सैन्य नजरबन्दमा राखिएको उनी कुन सैनिक क्यापमा छिन अज्ञात रहेको छ। अहिले देशै अध्यारो सुरूङमा फसेको छ। उनी भन्थिन्, ‘जनताले भोग्ने दुःख मैले भोग्नु परोस’। हो– आज आमाले दुःख भोगी रहेकी छिन् । र त जनताले बलिदान दिनु परेको छ। पीडै–पीडा सहनु परेको छ। वर्षौपछि पुनः बन्दुकको त्रास र जनताको माया नै मायाले बाँचेकी प्रजातन्त्रकी धरोहर, स्वतन्त्रताकी प्रतिक राष्ट्रमाता आङ सान सुकीप्रति पूर्णस्वास्थ्य लाभको कामना!!
विनोद राई सुङदेल-७, खोटाङ
