बीरेन्द्रकुमार साहले नेपाली कांग्रेस महाधिवेशन मोरङ जिल्ला सदस्यमा उम्मेदवार दिए

मोरङ– उनको आफ्नो गतिलो घर छैन्।तर उनी दीन दुखीको घर बनाउने अभियानमा जुट्छन्। नियमित आम्दानी भएका जागिरे पनि होइनन्।
तर, मृत्यु सैय्यामा पुगेका सयौ बिरामीलाई नयाँ जीवनं दिन उपचार खर्च जुटाउँछन्। पेशाले पत्रकार भए पनि उनी अहोरात्र सामाजिक काममा हुन्छन्।आफ्नो गोजीमा बिहानको खाना र दिउँसोको खाजा खर्च नहुँदा पनि उनी विपन्न र दुखीको सेवामा जुट्छन्।
उनै श्रमजीवी बीरेन्द्रकुमार साह यतिबेला मोरङ कांग्रेसको जिल्ला सदस्यको उम्मेद्वार बनेका छन्।उमेरले भरखर २४ वर्ष पुगेका साह मोरङको सुनवर्षी–२ सुँगा बजारका स्थायी बासिन्दा हुन्।
बिराटनगरसँग उनको पत्रकारिताको नाता छ । नभए उनी सधैं गाउँघर मै भेटिन्थे।गाउँमा बाढी पस्दा उनी एकहातमा छाता र अर्को हातमा माइक्रोफोन बोकेर बाढीबाटै प्रत्यक्ष प्रशारणमा आउँछन्। समाजमा स्थापित पत्रकार मात्र होइन, उनले सामाजिक कार्यकर्ताको भूमिका पनि उत्तिकै निर्वाह गरेका छन्।
बिराटनगरबाट २७ किलोमिटर पूर्वमा उनको गाउँ छ । सातामा दुई पटक सम्म गाउँ पुग्ने बीरेन्द्र पत्रकारितामा आएको एक दशक पुग्नै लाग्यो। काठमाडौंका ‘मेन स्ट्रिम’का मिडियामा काम गरेपनि उनले आफ्ना लागि न घर बनाउन सकेका छन् । न एउटा मोटरसाइकल जोड्न सकेका छन्। भन्छन्–तलव पारिश्रमिक सबै सोसल काममा सकिन्छ।
नेविसङ्घको राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका साह नेपाल पत्रकार महासङ्घ मोरङका निर्वाचित जिल्ला सदस्य हुन्। पत्रकारले राजनीति गर्नु हुन्न भन्ने साहलाई थाहा छ। उनले भने– एउटा पत्रकार बिचार बिनाको हुँदैन । कोही कांग्रेस हुन्छ, कोही कम्युनिष्ट, कोही अरु कुनै दल वा आस्थासँग नजिक हुन्छ।
पत्रकारले समाचार लेख्दा पार्टीको आस्थासँग जोडिनु हुँदैन। आस्थालाई अलि पर राखेर ल्यापटप खोल्नु पर्छ । उनले आफ्नो पत्रकारिता आजका मितिसम्म निष्पक्ष भएको दाबी गरे।
साहले आफै अध्यक्ष भएर हिपमत मिडिया प्रालि सञ्चालन गरेका छन्। बिराटनगरमा कार्यालय रहेको मिडियामा ६ जना श्रमजीवी कार्यरत छन्। सानो कदका भएपनि वीरेन्द्रको सामाजिक उचाई कुनै प्रतिष्ठित ब्यक्तिको भन्दा कम छैन्। उनी भन्छन्–मोरङ कांग्रेसकाे सदस्य बने भने पार्टीका सबै उम्मेद्वारलाई जिताउने छु। म एजेण्डा सहित आएको छु।
बिगतमा जितेका अग्रजहरूले के के गर्नुभयो । के गर्ने योजनाका साथ पुन नेतृत्वमा आउन चाहनु भएको हो ? त्यो प्रष्ट छैन्। उनले कोभिडको बेला गाउँघरमा कांग्रेसलाई खोज्नु परेको तीतो अनुभव सुनाए।पैसा र पावरले पार्टी सञ्चालन गर्ने बिरुद्ध आफ्नो उम्मेद्वारी भएको दाबी गर्दै उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न उम्मेद्वार बनेको हुँ।














