News Portal

प्रेमकलाले बिवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा परीवारले नै यसरी कुटपिट गरेपछि..

हिमाली संचार संवाददाता
७७८ पटक

राजविराज – विवाहपछि एक युवतीले आफ्ना घरपरिवारसँग विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा मरणासन्न हुने गरी कुटपीट भएकी छिन् । ०७४ वैशाखमा राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीया प्रेमकला ठाकुरलाई आफ्नै पति मनोज, ससुरा भुनेश्वर र सासु रधियादेबीले मिलेर कुटपिट गरेका हुन् । शनिवार राति परिवारै मिलेर प्रेमकलालाई कुटपिट गरेको प्रेमकलाका बाबु मोहन ठाकुरले बताए ।

चार लाख दाइजोसहित १२ लाख खर्च गरेर छोरीको विवाह गरिदिएका मोहनले विहेभएको केही दिनपछि देखि नै छोरीलाई परिवारले कुटपीट गर्दै आएको बताए । उनले यसअघि पनि पटकपटक छोरीमाथि कुटपीट भएको तर छोरीको घर नविग्रियोस भनेर चुप बसेको बताए । उनले भने, ‘यस पटक त अति नै भो, छोरीलाई मरणासन्न हुनेगरी कुटेर थुनेर राखेछन्, म नपुगेको भए त छोरीको ज्यान जानेथियो होला ।’

हाल प्रेमकलाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको छ । कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ।

बिवाह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा प्रेमकलाका सासु, ससुरा र पतिले नमानेका कारण घटना भएको मनोजले बताए । प्रेमकलालाई कुटपीट गर्ने उनका पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबीलगायतबिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको मोहनले बताए । हाल अभियुक्तहरु फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । साझापोस्ट

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...