News Portal

प्रेमकलाले बिवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा परीवारले नै यसरी कुटपिट गरेपछि..

हिमाली संचार संवाददाता
८४९ पटक

राजविराज – विवाहपछि एक युवतीले आफ्ना घरपरिवारसँग विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा मरणासन्न हुने गरी कुटपीट भएकी छिन् । ०७४ वैशाखमा राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीया प्रेमकला ठाकुरलाई आफ्नै पति मनोज, ससुरा भुनेश्वर र सासु रधियादेबीले मिलेर कुटपिट गरेका हुन् । शनिवार राति परिवारै मिलेर प्रेमकलालाई कुटपिट गरेको प्रेमकलाका बाबु मोहन ठाकुरले बताए ।

चार लाख दाइजोसहित १२ लाख खर्च गरेर छोरीको विवाह गरिदिएका मोहनले विहेभएको केही दिनपछि देखि नै छोरीलाई परिवारले कुटपीट गर्दै आएको बताए । उनले यसअघि पनि पटकपटक छोरीमाथि कुटपीट भएको तर छोरीको घर नविग्रियोस भनेर चुप बसेको बताए । उनले भने, ‘यस पटक त अति नै भो, छोरीलाई मरणासन्न हुनेगरी कुटेर थुनेर राखेछन्, म नपुगेको भए त छोरीको ज्यान जानेथियो होला ।’

हाल प्रेमकलाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको छ । कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ।

बिवाह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा प्रेमकलाका सासु, ससुरा र पतिले नमानेका कारण घटना भएको मनोजले बताए । प्रेमकलालाई कुटपीट गर्ने उनका पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबीलगायतबिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको मोहनले बताए । हाल अभियुक्तहरु फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । साझापोस्ट

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...