News Portal

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

हिमालीसंचार संवाददाता
४७२ पटक

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपिणी नवदुर्गा भवानीको उपासना गरिँदै छ । देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रख्यात हुनुहुन्छ ।

चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । उहाँको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएको हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी, वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

देवी चन्द्रघण्टाको घण्ट ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेकोछ । शत्रु तथा दुष्टको दमन गर्नका निम्ति सदा सर्वदा तत्पर रहे पनि उहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ ।

उहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावका साथै वीरता, निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप उहाँका साधक पनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टा देवी का उपासक सिंह या बाघ जस्तै पराक्रमी तथा निर्भीक हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैगरि सद्गुण, पराक्रण तथा विनम्रताको विकास हुने र शरीरमा कान्ति र गुणको वृद्धि हुने पनि जनविश्वास रही आएको छ ।

आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत, विघ्न- बाधाहरू नाश हुनुका साथै देवी चन्द्रघण्टाका कृपाले भक्तका तीनै प्रकारका ताप;- आधिदैविक, आधिभौतिक र आध्यात्मिक सबै नष्ट गराई आफ्ना भक्तका दुःख कष्टको निवारण शीघ्र नै हुने विश्वास धर्मावलम्बीहरूको रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य र अलौकिक व्यवहारकै कारण सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टा देवीको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नाश हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ । उहाँको ध्यान गर्ने मंत्र ‘ॐ देवी चन्द्रघण्टायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नम: ‘ हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...