News Portal

लघुकथा – भाग्य

हिमाली संचार संवाददाता
१०९८ पटक

– दीपक आचार्य “जलन”

हुरि बतास र पानीको तिनतर्फी हमलाबाट लहुलुहान भएको घरको भित्र बसेर माथी आकासका ताराहरु नियाल्दै काइलो जिन्दगीलाई सराप्छ । कस्तो जन्म लिएर आएछु बस्ने गतिलो घर छैन, साझ बिहान छाक टार्न हम्मे हम्मे पर्छ । दुब्लाउदै गएका छोराछोरी र श्रीमतीको बैसमै ओइलाएको अनुहार हेर्छ मन भतभती पोल्छ, उस्को कलेजी चिरिएर आउँछ । रातभर निदाउन सक्दैन । बिहानै बाहिर हल्ला सुनिन्छ, के भएछ त काइलो बाहिर निस्कन्छ, बिदेशबाट फर्किएका हरि र कुमार आएका रहेछ्न ।

ओहो तिमिहरु कहिले आयौ ? ल हेर ज्यान पनि गतिलै पो बनाएछौ त ? हिजो राती आयौ काइला दाइ हामी, अब बिदेश गएपछी ज्यान लाग्छ नि टन्न पैसा कमाइ हुन्छ अनि त हरिले तुरुन्तै जवाफ फर्कायो । बिदेशमा यस्तो हुन्छ उस्तो हुन्छ खुब रमाइलो कुरा सुनायो काइलोको मनमा नि अब बिदेश नै जाने बिचार उर्लियो । भएको अलिकती खेत र तेहि घर जमिन्दारकोमा राखेर पैसाको जोहो गरेर केहिदिन पछि काइलो पनि बिदेशीयो । घरको अबस्था, छोराछोरीको भबिस्य सम्झिदै उस्ले खुब दु:ख गर्यो । दिनरात नभनी काममा खटियो ।

बिस्तारै उस्का दिन फर्किए, रिन तिर्यो, नया घर बन्यो, छोराछोरी स्कुल जान थाले खुसिका दिन फर्किए काइलो ५ बर्ष बिदेश बसेर खुब पैसा कमायो । रमाउदै मनभरी खुशी बोकेर काइलो घर फर्कियो जब घर पुग्यो उ छाङाबाट खसे झै भयो, आफुले टेकेको जमिन भासियो उस्को, उ घर आउनु भन्दा एकदिन अगाडि मात्रै उस्को श्रीमती भएभरको सबै पैसा गहना लिएर तल्लो गाउको हर्के संग भागेको थाहा भयो । छोराछोरी बाबा बाबा भन्दै रुदै थिए, काइलो छोराछोरीलाई अङालो हालेर रुदै सम्झाइ रह्यो अनि आफ्नै भाग्य लाई सरापी रह्यो ।

बर्दिया हाल, साउदी अरब

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...