– दीपक आचार्य “जलन”
हुरि बतास र पानीको तिनतर्फी हमलाबाट लहुलुहान भएको घरको भित्र बसेर माथी आकासका ताराहरु नियाल्दै काइलो जिन्दगीलाई सराप्छ । कस्तो जन्म लिएर आएछु बस्ने गतिलो घर छैन, साझ बिहान छाक टार्न हम्मे हम्मे पर्छ । दुब्लाउदै गएका छोराछोरी र श्रीमतीको बैसमै ओइलाएको अनुहार हेर्छ मन भतभती पोल्छ, उस्को कलेजी चिरिएर आउँछ । रातभर निदाउन सक्दैन । बिहानै बाहिर हल्ला सुनिन्छ, के भएछ त काइलो बाहिर निस्कन्छ, बिदेशबाट फर्किएका हरि र कुमार आएका रहेछ्न ।
ओहो तिमिहरु कहिले आयौ ? ल हेर ज्यान पनि गतिलै पो बनाएछौ त ? हिजो राती आयौ काइला दाइ हामी, अब बिदेश गएपछी ज्यान लाग्छ नि टन्न पैसा कमाइ हुन्छ अनि त हरिले तुरुन्तै जवाफ फर्कायो । बिदेशमा यस्तो हुन्छ उस्तो हुन्छ खुब रमाइलो कुरा सुनायो काइलोको मनमा नि अब बिदेश नै जाने बिचार उर्लियो । भएको अलिकती खेत र तेहि घर जमिन्दारकोमा राखेर पैसाको जोहो गरेर केहिदिन पछि काइलो पनि बिदेशीयो । घरको अबस्था, छोराछोरीको भबिस्य सम्झिदै उस्ले खुब दु:ख गर्यो । दिनरात नभनी काममा खटियो ।
बिस्तारै उस्का दिन फर्किए, रिन तिर्यो, नया घर बन्यो, छोराछोरी स्कुल जान थाले खुसिका दिन फर्किए काइलो ५ बर्ष बिदेश बसेर खुब पैसा कमायो । रमाउदै मनभरी खुशी बोकेर काइलो घर फर्कियो जब घर पुग्यो उ छाङाबाट खसे झै भयो, आफुले टेकेको जमिन भासियो उस्को, उ घर आउनु भन्दा एकदिन अगाडि मात्रै उस्को श्रीमती भएभरको सबै पैसा गहना लिएर तल्लो गाउको हर्के संग भागेको थाहा भयो । छोराछोरी बाबा बाबा भन्दै रुदै थिए, काइलो छोराछोरीलाई अङालो हालेर रुदै सम्झाइ रह्यो अनि आफ्नै भाग्य लाई सरापी रह्यो ।
बर्दिया हाल, साउदी अरब