News Portal

  • कबिता  “बाहिर आऊ सखी ! “

    हिमाली संचार संवाददाता
    २२९१ पटक

    जयन्ती मगर सरगम “कबिता”

    आऊ सखी !
    यो गोधूली साॅझमा
    एकैछिन बसौँ पुलमा

    यो खोलाको सुस्याइ
    तिमीलाई आफ्नै लाग्ने छ
    -जूनको ज्योति
    -पहाडको बस्ती
    -ताराको पुञ्ज
    -बतासको बहाव
    सबै सबै आफ्नै लाग्ने छ

    एकपटक घरको साँघुरो घेरा नाघेर
    बाहिर आऊ सखी

    प्रेमीद्वारा जूनसँग दाजिरहेकी तिमीले
    पक्कै बुझ्ने छ्यौ जून्किरीको ज्योति
    जसले दैनिक घामबाट चम्कन सिकेर
    अन्धकार चिरिरहेको हुन्छ।

    फूलसँग दाजिएकी तिमीले
    बुझ्ने छ्यौ पत्थरै पत्थरको बस्तीमा
    कसरी पलाउदै झर्दै गरेकी छ्यौ
    लाखौं पटक ‘एक’ जीवन ।

    यो बतासको बहावसँगै
    बुझ्ने छ्यौ तिमीले
    मात्र बाँचेको भ्रममा
    कसरी कस्को अधीनमा फेरिरहेकी छ्यौ
    भित्रभित्रै दबाएर आँधी जस्तो स्वास ।

    वन फूलको सौन्दर्य देखी
    अवगत हुने छ्यौ
    कसरी निश्चित फुलाई रहेकी छ्यौ फूल
    आफू फुलिरहेको गमलामा

    बुझ्ने छ्यौ तिमीले सखी
    पहाडले भन्दा बेसी यहाँ मान्छेले मान्छेलाई थिच्छ
    खोलाले भन्दा बेसी
    मान्छेले मान्छेको विश्वाश बगाउछ
    षड्यन्त्रले भरिएको रातभन्दा खतरनाक
    मान्छेको सोच हुन्छ ।

    घरको साँघुरो घेरा नाघ्ने साहस गर सखी
    तिम्रो अस्तित्वको बचाउको निम्ति
    बतासको बहावसँगै भेट्ने छ्यौ नारा
    वन फूलको देख्ने छ्यौ जुलुस
    झ्याउ कीरीको गुन्जनमा
    भेट्ने छ्यौ खुल्ला आव्हान !

    आऊ सखी !
    तिमीले अब बन्नु छ जुनकीरी
    समाजमा व्याप्त अन्धकारलाई दिनु छ चुनौती
    बुझाउनु छ कि रात रात मात्र होइन
    हो बिहानीको जन्म दाता
    तय गर्नु छ जीउनुको सार
    चिर्नुछ पुस्तेनी अन्धकार !

    जयन्ती मगर सरगम

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...