News Portal

  • ग्लोबल एनआरएन सिंगिङ आइडलको कुबेतबाट गायक बिबि मल्ल ठकुरी टप १५ मा छनोट

    भोटको लागि अपिल !

    हिमालीसंचार संवाददाता
    ८०० पटक

    कुवेत सिटी।
    गैरआवासीय नेपाली संघद्वारा संचालन गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा लोकप्रिय गायक बिबि मल्ल ठकुरी कुवेतबाट टप १५ मा पुगेका छन। विभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै गायक मल्लले टप १५ को यात्रा तय गरेका हुन्‌।

    नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक परिवार, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतलगायतका संस्थामा आवद्द र नेतृत्व गरिसकेका मल्ल लोकपप गीत, आधुनिक गीत गायक हुन्‌। काली मेरै हो बोलको गीतबाट थप चर्चा कमाएका गायक मल्ल अहिले ग्लोबल एनआरएन सिँगिङ आइडलका टप १५ मा पुगेपछि थप चर्चा बढेको छ।

    ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन – २०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए। भर्चुअलमार्फत्‌ भएको ग्लोबल एनआरएन सिंगिङ आइडल – २०२१ दोस्रो जेनेरेसनको गालाराउन्डबाट २५ जना प्रतिस्पर्धी छनौट भएका थिए। ति २५ मध्येबाट अहिले टप १५ मा पुगेको छ। जसमा कुबेतबाट गायक मल्ल पनि टप १५ मा छनोट भएका हुन।

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्‌, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएनसिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट गाला राउन्डमा २५ जना पुगेका थिए। २५ जनाबाट अहिले टप १५ छनोट भएको हो।

    ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू चर्चित गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्रा शाक्य र सुनिता दुलाल रहेका छन्‌। निर्णायकको मत र भोटिङमार्फत्‌ प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन्‌।

    ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत्‌ ४० प्रतिशत अंक प्राप्त गर्नेछन्‌। सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन्‌। अब जति भोट गर्यो उति नै आफ्नो अघिल्लो चरणको यात्रा सहज हुने बताउदै गायक मल्लले एनआरएनए कुबेत, नेपाली संघ-सस्थालगायत कुबेतबासी नेपालीमा आफुलाई सहयोग गर्न अनुरोध गरेका छन। गायक मल्लको भोटिंग कोड ०४ रहेको छ।

    ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन्‌। त्यसैगरी, दोस्रो पुरस्कार ४ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ भने, फाइनलमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयाेजकले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३० गतेको राशिफल

    आज असोज ३०, २०८२ (अक्टोबर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...