News Portal

कर्णाली प्रदेशका एक मन्त्रीमाथि बलात्कारको आरोप

हिमालीसंचार संवाददाता
३७८ पटक

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्। 

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसद मात्रै थिए। प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिन्छ। कानुन व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ। 

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले भने छलफलका लागि भन्दै राति ९ गतेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए।  उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। फर्केर आउदा भेरीको पुलमा विवाद भयो। उक्त विवाद पारिवारिक नै थियो। तर घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो। 

उनले श्रीमान सम्पर्कविहिन भएदेखि आफुले चार दिनदेखि खाना पनि नखाएको बताइन्। ‘मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्दार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसयता श्रीमानको अत्तोपत्तो छैन्।’ उनले श्रीमान फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबताउने बताइन्।

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण आफुले स्वकिय राख्नबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताए। उनले भने, ‘यो बारम्बारको बार्गिनङ हो। उसँग दुई वर्ष अगाडि देखि बोलचाल बन्द छ। विभिन्न योजना हालिदिनका लागि बाराम्बार मलाई दबाब पनि दिएको छ।’

यता कृषि मन्त्रीका पूर्व स्वकिय कसैको सम्पर्कमा छैनन। उनी श्रीमतिको पनि सम्पर्कमा छैनन्। मन्त्रीकै आफन्तले पूर्व स्वकिय बेपत्ता बनाएको हुन सक्ने अनुमान गरिएको छ। अन्नपुर्ण पोस्टले लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...