News Portal

मलेसियाबाट ल्याईयो २४ नेपालीको शव

हिमालीसंचार संवाददाता
४७४ पटक

काठमाडौं। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको आजको गोरखापत्रदैनिक समाचारमा छ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट ९ वटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ। बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ।

कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए। विमानस्थल आइपुगेका ९ वटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ। यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पुर्याउने काम गर्दै आएको छ।

शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ। यूवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ। तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ?

रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन्। पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ।

प्रतिकृया दिनुहोस्

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना...

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...