News Portal

कोशी कोरिडोरकाे २२० किलो भोल्ट प्रसारण लाईन सन्चालन

रबिन्द्र बराल
३४१ पटक

माेरङ -नेपाल बिद्युत प्राधिकरणद्वारा कोशी कोरिडोर २२० किलो भोल्ट प्रसारण लाईन सन्चालनमा ल्याएकाे छ ।
नेपाल सरकार तथा भारतीय एक्जिम बैंकको संयुक्त लगानीमा उक्त आयोजनाकाे निर्माणकार्य गरेको हाे ।
प्राधिकरणले राष्ट्रिय प्राथमिकता प्राप्त कोशी कोरिडोर अन्तर्गत पहिलो खण्डमा इनरुवा , धनकुटा, बसन्तपुर ,बानेश्वर-तुम्लिंगटार लाईनकाे प्रसारण निर्माण सम्पन्न गरेको छ । नेपालमा हालसम्म प्रसारण लाइनको निर्माण कार्य मध्ये यो प्रसारण लाईन सबभन्दा लामो र बढी क्षमता (२००० मेगावाट) को प्रसारण लाईन भएको बिधुत प्राधिकरण आयोजनाका निर्देशक राजन ढकालले बताए । प्रसारण लाईनकाे लम्बाई १०६ किलाे मिटर रहेको र नेपालमा हालसम्म प्रसारण लाइनको निर्माण गरिएको मध्ये उक्त प्रसारण लाईन सबै भन्दा लामो र बढी क्षमता रहेको छ ।

आयोजनाकाे कुल लागत ३७ मिलियन अमेरिकी डलर तथा नेपाली रुपैयाँ ४ सय करोड बराबरको रहेको छ । प्रदेश नं १ को सुनसरी, धनकुटा, तेर्हथुम, भोजपुर, संखुवासभा लगायतका जिल्लाको लागि आपूर्ति प्रणाली वा विश्वसनीयता बढाउनुको साथै यस क्षेत्रमा उत्पादित बिधुत लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोइन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढकालले बताए ।

कल्पतरु पावर ट्रान्समिशन लिमिटेड, गांधीनगर, गुजरात भारतले उक्त निर्माणकार्य का लागि २०७४ गते निर्माणकार्य सुरु गरेता एक बर्ष अगाडि देखि काेराेनाकाे माहामरीमा समेत उक्त कम्पनीले नेपाल सरकारले २०७८असाेज १ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने समय ताेके पनि कम्पनीले एक महिना अगाडि नै निर्माणकार्य सम्पन्न गरेको कम्पनी का प्रमुख श्री एस एस सिंहले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...