News Portal

१५ वर्ष जेल हुन्छ भनेपछि हत्कडी फुत्काएर भागे बलात्कार अभियुक्त कास्कीका विनोद !

हिमालीसंचार संवाददाता
४८० पटक

उजिर कार्की।
काठमाडौँको न्युरोड गेटबाट थुनुवा भागेको एक हप्तासम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। बलात्कारको अभियोगमा पक्राउ परेका कास्कीका विनोद परियार गत शुक्रबार प्रहरीको गाडीबाटै फरार भएका थिए। पक्राउपछि म्याद थपका लागि अदालत लैजानुअघि वीर अस्पतालमा पीसीआर गर्न जाँदै गर्दा उनी फरार भएका थिए। थुनुवा भागेपछि उनलाई पीसीआर गर्न लैजाने चार प्रहरी अहिले निलम्बनमा परेका छन्।

गुडिरहेको गाडीबाटै कसरी भागे ?

शुक्रबार दिउँसो साढे २ बजेतिर चार जना अभियुक्तलाई लिएर प्रहरी वृत्त जनसेवाको टोली वीर अस्पताल जाँदै थियो। पीसीआर गर्न लैजाँदै गर्दा गाडीमै कुन अभियुक्तलाई कति सजाय हुनसक्छ भन्ने चर्चा सुरु भयो। विनोद हाडनाता करणीको आरोपमा पक्राउ परेका हुन्। गाडीमा अस्पताल जाँदैगर्दा आफूलाई १० देखि १५ वर्षसम्म कैद सजाय हुन सक्छ भन्ने उनले थाहा पाए।

‘विनोद लुरे थियो। हतकडी कसिएनछ। त्यही भएर हत्कडी फुत्किएछ,’एक प्रहरी अधिकारीले भने। उनीसँगै लागू औषध कारोबारको अभियोगमा पक्राउ परेका अर्का व्यक्तिलाई पनि सोही हत्कडी लगाइएको थियो। तर, न्युरोडको गेट नजिकै जेब्राक्रसमा गाडीको गति घट्यो। त्यहीबेला विनोद हत्कडीबाट हात निकाले गाडीबाट भागे।

बाटैमा बदले भेष !

विनोद गाडीबाट भागेपछि एक प्रहरी उनलाई लखेट्दै गए। बाँकी थुनुवा गाडीमा भएकाले अरु प्रहरी गाडीमै बसे। तर गाडीबाट झरिसकेपछि विनोदले बाहिरको लुगा फुकालेको सीसीटीभी फुटेजमा देखिएको छ।

घटनाको ५ मिनेटपछि वृत्तका डीएसपीले प्रहरीको म्यासेन्जर समूहमा अभियुक्त समात्नू भनेर म्यासेज पठाए। तर धेरैले कुरा बुझेनन्। ‘यो फरार अभियुक्तलाई जहाँ भेटे पनि समात्नू भन्दै उनले म्यासेन्जरमा फोटोसहित पठाए तर हामीले प्रष्ट बुझेनौँ,’एक अनुसन्धान अधिकृतले भने, ‘त्यही भएर तत्काल उनलाई घेरा हाल्न सकिएन।’

उनी महाबौद्धतिर भागेपछि प्रहरी त्यतातिरै केन्द्रित भयो। केही समयपछि प्रहरी परिसरले पनि थप जनशक्ति पठायो। विनोद लगन क्षेत्रमा बस्ने भएकाले प्रहरी त्यहीँ गएर खोज्न थाल्यो। केही समय लखेटेका प्रहरीले पनि उनी कता भागे भन्ने पत्तो पाएनन्। विनोद भागेर कमलपोखरीस्थित साथीको डेरामा पुगेछन्। शुक्रबार राति उनी साथीकै कोठामा बसे। प्रहरीले सीसीटीभी फुटेज हेर्दै गयो।

उनी त्यहाँ बसेको थाहा पाएपछि विनोदका साथीलाई प्रहरीले बोलाएर सोधपुछ त ग¥यो। तर, विनोदले सबेरै उनको डेरा पनि छाडिसकेका थिए। कोटेश्वरमा पनि सीसी क्यामरामा विनोदलाई प्रहरीले देखेको छ। तर, त्यसपछि कता गए भन्ने एक हप्ता बित्दा पनि पत्तो लाग्न सकेको छैन।

निलम्बित प्रहरी नै खोज्न हिँडे !

फरार अभियुक्तको खोजीका लागि प्रहरीले टोली परिचालन गरेको छ। यता प्रहरीको लापरबाहीका कारण अभियुक्त राजधानीबाटै भागेको भन्दै प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति पनि गठन भयो। थुनुवा भागेपछि एसएसपी अशोक सिंहले संलग्नलाई तत्काल निलम्बन गर्न निर्देशन दिए। तर, शुक्रबार निलम्बन भएन। शनिबार पनि सार्वजनिक बिदा भएकाले निलम्बन हुन सकेन। तर, आइतबारसम्म पनि फरार अभियुक्त पक्राउ पर्न नसकेपछि तीन जवानलाई निलम्बन गरिएको छ। एक सइलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिएको छ।

छानबिन समितिले भने उनीहरुले नियतवश थुनुवा छाडेको नदेखिएको बताएको छ।‘उनीहरुबाट लापरबाही भएको देखिन्छ। तर अभियुक्त भगाउने नियत भने देखिँदैन। हत्कडी लगाउनेक्रममा कमजोरी भएको हो,’परिसरका एक प्रहरीले नेपालखबरसँग भने तर, अभियुक्तको खोजीका लागि भने निलम्बित प्रहरी समेत खटिएका छन्। निलम्बन गर्नु भनेको तत्कालका लागि जिम्मेवारी मुक्त गर्नु भए पनि उनीहरु आफँै खोजीमा सक्रिय छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...