News Portal

माधव नेपालले किन पाएनन् कार्यवाहक अध्यक्ष ?

५८९ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ । ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए ।

यसपटक ओली असोज ६ गते न्यूयोर्क जाँदा प्रचण्डनै भएकाले कार्यवाहक दिनुपरेको थिएन । प्रचण्ड पनि पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझ सिंगापुर उडेका छन् । तर कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र केन्द्रीय कार्यालयबाट चलानी नभएको स्रोतले जनाएको छ ।

नेकपाको शीर्ष बरियता अनुसार तेस्रो नम्बरमा रहेका माधव नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएको स्वकीय सचिव मोहन गौतमले बताए । यसअघि प्रचण्ड सिंगापुर गएको बेला अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने क्रममा नेपाललाई लिखित रुपमा कार्यवाहक जिम्मा दिएका थिए ।

सचिवालयले पछिल्लो पटक प्रदेश कमिटीका पदाधिकारी चयन गरेको निर्णयमा नेपाल अशन्तुष्ट छन् । उनी अफ्रीका भ्रमणमा रहेका बेला निर्णय भएको थियो । उनले आफ्नो असहमति स्थायी कमिटी र सचिवालय बैठकमा राख्ने बताइसकेका छन् ।

नेकपाको कार्यवाहक अध्यक्ष कसैले नपाए पनि सरकार र संसदीय दलको नेतृत्वमा भने कार्यवाहक जिम्मेवारी दिइएको छ । ओली विदेश जाने क्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई लिखित रुपमै दिएर गएका छन् ।

कार्यवाहक अध्यक्ष कोही पनि नतोकिदा पार्टी अहिले नेतृत्वविहीन रहेको र कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आएमा अन्यौल रहेको एक नेताले बताए। अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...