News Portal

धरानमा कोरोना संक्रमणदर उच्च, अहिले सम्म ७५ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३०० पटक

धरान – धरान उमहानगरपालिका धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै धरान नगरमा ८२ जनामा कोरोना संक्रमित भएका छन् ।प्रदेशको रिपोर्ट सही भएको भन्दै धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर बढ्दै गएको जानकारी दिए ।

धरानमा कोरोनाको दोस्रो लहरबाट अहिले सम्म ३ हजार २ जनामा कोरोना संकेरमण पुष्टि भएको छ । कोरोना संक्रमित मध्ये विजयपुर हस्पिटल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल गरी १५ जना उपचाररत रहेका छन् । त्यस्तै, १३ जना हरियाली आइसोलेसनमा उपचारत रहेका छन् । धरानमा कोरोनाका सक्रिय संकेरमित ४ सय ६ जना रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । आज मात्र धरान-१४ बाबाधाम मार्गका ४९ वर्षीय एक पुरुषको उपचारको क्रममा वीपीको कोभिड अस्पतालमा मृत्यु भएको छ । यो सँगै धरानमा कोरोना संकेरमणको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

धरानमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै मानिसको चहलपहल बढी भएकोले कोरोना संक्रमणदर पनि वृद्धि भएको बताइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार खुल्ला हुनु र स्वास्थ्य मापदण्ड नअपनाउनु कोरोना संक्रमणदर बुद्धि भएको स्वास्थ्य विज्ञहरूले बताएका छन्। 

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...