News Portal

धरानमा कोरोना संक्रमणदर उच्च, अहिले सम्म ७५ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२८६ पटक

धरान – धरान उमहानगरपालिका धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै धरान नगरमा ८२ जनामा कोरोना संक्रमित भएका छन् ।प्रदेशको रिपोर्ट सही भएको भन्दै धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर बढ्दै गएको जानकारी दिए ।

धरानमा कोरोनाको दोस्रो लहरबाट अहिले सम्म ३ हजार २ जनामा कोरोना संकेरमण पुष्टि भएको छ । कोरोना संक्रमित मध्ये विजयपुर हस्पिटल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल गरी १५ जना उपचाररत रहेका छन् । त्यस्तै, १३ जना हरियाली आइसोलेसनमा उपचारत रहेका छन् । धरानमा कोरोनाका सक्रिय संकेरमित ४ सय ६ जना रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । आज मात्र धरान-१४ बाबाधाम मार्गका ४९ वर्षीय एक पुरुषको उपचारको क्रममा वीपीको कोभिड अस्पतालमा मृत्यु भएको छ । यो सँगै धरानमा कोरोना संकेरमणको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

धरानमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै मानिसको चहलपहल बढी भएकोले कोरोना संक्रमणदर पनि वृद्धि भएको बताइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार खुल्ला हुनु र स्वास्थ्य मापदण्ड नअपनाउनु कोरोना संक्रमणदर बुद्धि भएको स्वास्थ्य विज्ञहरूले बताएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...