News Portal

वीपीको उपकुलपति मदिरामा लठ्ठ, आन्दोलनरत संयुक्त संधर्ष समितिको कुरो सुन्दैनन्

हिमालीसंचार संवाददाता
४६१ पटक

धरान – वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका थिए। प्रा. डा. गिरीले मादक पदार्थ सेवन गरी वार्ता स्थलमा पुगेपछि बार्ता स्थगित भएको छ । 

धरानका वीपी प्रतिष्ठानमा सोमबार विहान १० बजेदेखि रिले अनसन सुरु गरेको आन्दोलनरत चिकित्सक, कर्मचारी र विधार्थीहरुलाई मंगलबार दिउँसो ३ बजे प्रतिष्ठानका उपकुलपति स्वयमले वार्तामा बोलाएको थियो । वार्तामा उपकुलपतिले मादक पदार्थ सेवन गरेर आएपछि वार्ता हुन नसकेको आन्दोलनरत संयुक्त संघर्ष समितिले बताएका छन् । आन्दोलनरत चिकित्सकसहित कर्मचारीहरूले उपकुलपतिको मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्नुपर्ने लगायतको माग गर्दै अहिले पनि उपकुलपतिको कार्यकक्ष अघि नाराबाजी गरीरहेका छन् । 

यता प्रतिष्ठानको सुद्धिकरणको आन्दोलन चलिरहेको बेला बेवास्ता गर्दै लामो समय काठमाडौँ बसेर प्रतिष्ठान आइपुगेका उपकुलपतिले आन्दोलनकारीको माग सम्बोधन गर्नुको साटो रक्सि पिएर वार्तामा आएकोले अब प्रतिष्ठानका पदाधिकारीहरुसंग वार्ता हुन नसक्ने संधर्ष समितिले जनाएको छ । 

संघर्ष समितिले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन् । संघर्ष समितिले अवदेखि उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरुप्रसाद खनाल, रजिस्टर डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक डा. गौरीशङ्कर साहसँग वार्ता नहुने र मन्त्रालय स्तरीय उच्च वार्ता टोलीसँग मात्रै वार्ता हुने हिमालीसंचार डटकमसंग डा. नेपालीले बताए । 

प्रतिष्ठानको सुधार र सुद्धिकरण हुनु पर्ने माग राख्दै आफुहरुले आन्दोलन गरेको उनले बताए । संघर्ष समितिले बुधबारदेखि चारै जना पदाधिकारीको कार्यकक्षमा ताला लगाइने समेत चेतावनी दिएका छन् । गत असार १ गतेदेखि आन्दोलन सुरु गरेका संयुक्त संघर्ष समितिको आन्दोलन सोमबारदेखि रिले अनसनमा परिणत भएको थियो । 

धरानको प्रतिष्ठानमा भएका बेथितिको अन्त्य गर्नुपर्ने लगायतका १२ बुँदे सुद्धिकरणका मागहरू राखेर आन्दोलन गर्न संघर्ष समितिले आन्दोलन थालेको थियो । वीपी प्रतिष्ठानमा हुल्दुंगा मच्चिएको खबर सुनेपछि धरानका मेयर तिलक राई समेत प्रतिष्ठान पुगेका थिए । 

मेयर राईले प्रतिष्ठान पुगेर उपकुलपतिसहित उपस्थित पदाधिकारीहरुसँग छलफल गरेका थिए। मेयर राईले  आन्दोलनरत पक्षका कुरा सुनेपछि भित्र पुगेर मापसे परीक्षण गरी आन्दोलनकारीलाई सम्बोधन गरेर सम्झाउन आग्रह गरेको बताए । त्यतिकै आरोप लगाएको हो भने पनि सबै पदाधिकारीहरुको पनि मेडिकल जाँच गर्न उहाँले आग्रह गरेका हिमालीसंचार डटकमसंग बताए। भित्र पसेर उपकुलपतिसहित पदाधिकारीहरुसँग वार्तामा बस्दा उपकुलपतिले रक्सि पिए जस्तो देखिएको मेयर राईले समेत बताए ।

यस्तै, वीपी प्रतिष्ठानमा वेथिति मौलाएको भन्दै सुधार गर्नका लागि डा. राजेन्द्र शर्माको संयोजकत्वमा नागरिक दबाब सञ्जाल धरान समेत गठन गरेका छन् । डा. शर्माले प्रतिष्ठानका पदाधिकारीबाट ठुलो त्रुटि भएको दाबी गरेका छन्। उहाँले प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारीहरुमा असक्षमता देखिएको बताउदै नागरिक दबाब सञ्जाल धरानले पनि प्रतिष्ठानलाई सुधारका लागि एक हप्ते अल्टिमेटम दिएको थियो । 

त्यसको बेवास्ता गर्दै उपकुलपति काठमाडौँ गएपछि तीन दिन अघि सञ्जाल र दलीय संयन्त्रले पुनः ३ दिने अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम अनुसार बुधबार उपकुलपतिले वार्तामा बोलाएका थिए । डा. शर्माका अनुसार भोलि (बुधबार) वार्ता नहुने समेत बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...