रबिन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसको रुपमा मनाएको छ ।
“मेरो कृषि, मेरो पौरख” भन्ने मुल नाराका साथ धान दिवस मनाएको हो । रंगेली नगरपालिका-४ स्थित जन्ता माध्यमिक बिधालयको १५ बिधा खेती १० बर्षका लागि लिजमा लिएर बिगत बर्ष देखि सो खेतमा बाली उब्जाउन सुरु गरेको छ ।
राष्ट्रिय धान दिवस कार्यक्रमको प्रमुख अतिथि ऋषिकेश पोख्रेल अतिथि राम लाल साह, बाबुराम कार्की , मनोज अग्रवाल, डिल्ली पोख्रेल संस्थाका अध्यक्ष सन्तोष मंण्डल, स्थानीय भुमा पराजुली, डिल्ली घिमिरे, उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिले पहिले नेपालको चामल बिदेश पठाउने गरिएको भएता पनि अहिले बिदेशी चामल नेपालीहरुले खरिद गरेर ल्याउने गरेको उनले बताए । अबका दिनहरुमा हामी कृषकहरुले नेपाली भुमिमा सबैले मेहनत गरेर उव्जाएको बाली भित्र्याउन एक जुट हुनुपर्ने र अहिले बिदेशमा रहने युवाहरुले गाउँ मै बसेर राम्रो आम्दानी गर्ने सक्ने र धेरै उदाहरणहरु भएको ऋिषिकेश पोख्रेलले बताए ।
सोही कार्यक्रमले भने दक्षिणी भेगका किसानहरुले हरेक बर्ष कृषकहरुले समयमै सिचाइको सुविधा, मल र बिउबिजनको समस्या रहेको भएता पनि अबका दिन हरुमा कृषकहरुको सहयोग र साथ लिएर कृषिमा अगाडि बड्ने समेत बताए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, लगायतहरुले बिधिवत रुपमा धान रोप्र धन दिवस मनाएका हुन् ।