News Portal

दिक्तेल रुपाकोट मझुवागढीका वडाध्यक्षहरुद्वारा नगर बैठक बहिष्कार

हिमालीसंचार संवाददाता
३०४ पटक

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले आगामी आर्थिक वर्षका लागि कार्य योजनाको शीर्षक र स्थान नतोकी ४ करोड ३१ लाख रुपैयाँ छुट्याउन खोजेपछि वडाअध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।

नेकपा एमाले (ओली समूह) का नेतासमेत रहेका नगरप्रमुख रिजालले आफ्नो कार्यकर्ता तथा आसेपासेहरुलाई आफूखुसी बजेट बाँड्ने मनसायले सो बजेट छुट्याउन खोजेको आरोप लगाउँदै नगरपालिका भित्रका १५ वटा वडामध्ये ९ वटा वडाका वडाअध्यक्षहरु साथै दुई कार्यपालिकाको सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।

गत असार ८ गते आर्थिक वर्ष २०७८/७९ सालको बजेट तर्जुमा गर्ने क्रममा नगरप्रमुख रिजालले ४ करोड ३१ लाख रुपैयाँ शीर्षकविहीन बजेट छुट्याउने प्रस्ताव ल्याएका थिए ।

नगरका वडाअध्यक्षहरुले योजनाको नाम र प्रस्तावित बजेट खर्च हुने स्थान तोक्न पटकपटक माग गर्दा पनि नगरप्रमुख रिजालले एकमुष्ट बजेट पारित गर्न खोजेपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन् । बैठक बहिष्कार गरेपछि वडाअध्यक्षसहित ११ जना जनप्रतिनिधिहरुले हिजै संयुक्त विज्ञप्ति समेत निकालेका छन् ।

बैठक बहिष्कार गर्ने वडाहरुमा वडा नं १ का अध्यक्ष टंकप्रसाद आचार्य, वडा नं २ का अध्यक्ष ललितकुमार राई, वडा नं ५ का अध्यक्ष निर्मल राई, वडा नं ६ का अध्यक्ष माधव राई, वडा नं ७ का अध्यक्ष महन्तकुमार राई, वडा नं १० का अध्यक्ष मुगाधन राई, वडा नं ११ का अध्यक्ष रामचन्द्र राई, वडा नं १२ का अध्यक्ष विकास राई, वडा नं १३ का अध्यक्ष भीम राई र कार्यपालिका सदस्य गंगा विक र कृष्णमाया परियारले नगरप्रमुख रिजालविरुद्ध संयुक्त विज्ञप्ति समेत निकालेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...