News Portal

मोरङमा ब्राउन सुगर र लागुऔषध सहित ५ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
२८८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई रंगेली प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी-७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी-७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेको प्रहरीले जनाएको छ।

सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवारी चेक जाँच गर्ने क्रममा उनी हरु लाई पक्राउ गरेको हो । प्रहरीले रहेको प्रदेश नम्बर १-०२-०४५ प ३९७३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका प्रहरीले बताएको छ । 

त्यस्तै, प्रहरीले सोही स्थानबाट राती ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जना युवालाई प्रहरीको टोलीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु, २० बर्षीय बिमल तामाङ रहेका प्रहरीले जनाएको छ ।

उनीहरु दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवार उनीहरुको साथबाट Diazelab १० पिस 2 ml फेनारगन १० पिस २ ml, IPEL१० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना युवालाई इलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...