आज : २०२६-०६-०८, सोमबार

मोरङको रंगेलीमा ट्रिपरको ठक्कपबाट एक जनाको मृत्यु

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर-७, स्थित मुख्य बजारमा एक ट्रिपरको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपरले ठक्कर दिदा सोही दिशाबाट जादै गरेको प्रदेश नम्बर  १-०२-०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा रतुवामाई  नगरपालिका-६, सौठा बस्ने ४२ बर्षीय तिलक राज खड्काको  उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको  छ ।  

ट्रिपर चालक धनपालथान गाउँपालिका-६,बस्ने ३९ बर्षीय बिध्या सागर रायलाई इलाकै प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ। मृत्यकको लास पोष्टमाटमका लागि रंगेली अस्पतालमा राखिएको  प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।