News Portal

राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा सिद्धराज राई नियुक्त

हिमालीसंचार संवाददाता
४१४ पटक

काठमाण्डौ –  राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंध र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले राससको ४ बर्षे कार्यकाल रहेको महाप्रबन्धकमा तीन जना पत्रकारको नाम प्रस्ताव गरेकी थिइन् । प्रस्तावित नाममध्ये राईलाई नियुक्त गर्ने निर्णय भएको हो ।

धनकुटामा लामो समय पत्रकारिता गरी पाँच वर्षअघिबाट राई राजधानी काठमाडौँमा रहेर पत्रकारिता गर्दै आएका छन् । दुई दशकदेखि पत्रकारिता गर्दै आएका राई धनकुटाबाट नेपाल समाचार पत्र दैनिक हुँदै नागरिक दैनिक र अहिले देखापढी डटकम अनलाइनमा कार्यरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...