News Portal

राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा सिद्धराज राई नियुक्त

हिमालीसंचार संवाददाता
४५२ पटक

काठमाण्डौ –  राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंध र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले राससको ४ बर्षे कार्यकाल रहेको महाप्रबन्धकमा तीन जना पत्रकारको नाम प्रस्ताव गरेकी थिइन् । प्रस्तावित नाममध्ये राईलाई नियुक्त गर्ने निर्णय भएको हो ।

धनकुटामा लामो समय पत्रकारिता गरी पाँच वर्षअघिबाट राई राजधानी काठमाडौँमा रहेर पत्रकारिता गर्दै आएका छन् । दुई दशकदेखि पत्रकारिता गर्दै आएका राई धनकुटाबाट नेपाल समाचार पत्र दैनिक हुँदै नागरिक दैनिक र अहिले देखापढी डटकम अनलाइनमा कार्यरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...