News Portal

सुनसरीमा असार १४ गतेसम्म थप निषेधाज्ञा थपियो

“ विहान ५ बजेदेखि दिउसो १२ बजेसम्म सबै प्रकारका पसल खुल्ला”

हिमालीसंचार संवाददाता
३०३ पटक

अविन माबो/सुनसरी – कोरोना संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । यस भन्दा अघिका निषेधाज्ञा केही खुकुलो पारिएको निषेधाज्ञा अव भने विहान ५ बजेदेखि दिउसो १२ बजेसम्मका लागि स्वास्थ्य मापदण्डको पालना गरी सबै प्रकारका पसल खोल्न पाउने निर्णय गरिएको हो। 

होटलहरुले सेवाग्राही राखेर सेवा प्रवाह गर्न नपाउने टेकअवे सेवा मात्र प्रवाह गर्न पाउने छन् । यातायात र हाट बजार सम्बन्धमा यस भन्दा अघि जे निर्णय भएको थियो त्यही कायम रहने छ । जिल्ला कोरोना व्याबस्थापन समितिको बैठकले बैकहरूले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न पाउने र सरकारी कार्यालयहरू भने बन्द रहने छ ।

कोरोना संक्रमणका दर सुनसरीमा कमी आए पनि जोखिम उत्तिकै रहेकोले झापा र मोरङ जिल्लासँग समन्वय गरेर यातायातको बारेमा निर्णय गर्नेकी भन्ने अन्यौल रहेको थियो तर निजी तथा सार्वजनिक यातायात बन्द नै रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए ।

आज राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्म लागु हुने निर्णय गरिएको छ। यो निर्णयको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वसाधरणमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...