News Portal

सुनसरीमा असार १४ गतेसम्म थप निषेधाज्ञा थपियो

“ विहान ५ बजेदेखि दिउसो १२ बजेसम्म सबै प्रकारका पसल खुल्ला”

हिमालीसंचार संवाददाता
३३४ पटक

अविन माबो/सुनसरी – कोरोना संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । यस भन्दा अघिका निषेधाज्ञा केही खुकुलो पारिएको निषेधाज्ञा अव भने विहान ५ बजेदेखि दिउसो १२ बजेसम्मका लागि स्वास्थ्य मापदण्डको पालना गरी सबै प्रकारका पसल खोल्न पाउने निर्णय गरिएको हो। 

होटलहरुले सेवाग्राही राखेर सेवा प्रवाह गर्न नपाउने टेकअवे सेवा मात्र प्रवाह गर्न पाउने छन् । यातायात र हाट बजार सम्बन्धमा यस भन्दा अघि जे निर्णय भएको थियो त्यही कायम रहने छ । जिल्ला कोरोना व्याबस्थापन समितिको बैठकले बैकहरूले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न पाउने र सरकारी कार्यालयहरू भने बन्द रहने छ ।

कोरोना संक्रमणका दर सुनसरीमा कमी आए पनि जोखिम उत्तिकै रहेकोले झापा र मोरङ जिल्लासँग समन्वय गरेर यातायातको बारेमा निर्णय गर्नेकी भन्ने अन्यौल रहेको थियो तर निजी तथा सार्वजनिक यातायात बन्द नै रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए ।

आज राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्म लागु हुने निर्णय गरिएको छ। यो निर्णयको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वसाधरणमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...