News Portal

  • सन्ध्या राईको शरिरमा पलाएको ट्युमर सल्यक्रिया गर्न आर्थिक अभाव, परिवारद्वारा सहयोगको अपील

    हिमालीसंचार संवाददाता
    १५१० पटक

    रबिन्द्र बराल/मोरङ – झापा जिल्ला गौरीगंज गाउँपालिका वडा नम्बर-३ स्थित ठेडीटोल चोकमा बसोबास गर्दै आएका एक  परिवारलाई आफ्नो २२ महिने छोरीको उपचारका लागि आर्थिक अभावका  कारणले गर्दा उपचारमा समस्यामा परेका छन्  ।

    छोरी सन्ध्याको शरिरमा जन्मेको समयदेखि उनको ढाडमा  पलाएको ट्युमरको कारण अहिले दिनप्रतिदिन बिस्तारै बढ्दै गएपछि थप चिन्तित भएका हुन् । सन्धाको शरीरको पछाडी जन्म बितिकै सानो भएको टुयुमर अहिले दिनप्रतिदिन बढ्न थालेपछि  जीवन मरणको दोसाधमा छिन् । अरुको घर भाडामा लिएर बस्दै आएका सो घर समेत भत्कीनै आटेको र परीवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएपछि उनीहरु झनै चिन्तित बन्दै गएका छन। 

    जन्मने बितिकै वालिकाको ढाडमा ट्युमर पलाएको र अहिले सो ट्युमर फुटेर टाउकोमा समेत पानी पुगेर जमेको हुनाले अहिले उनको उपचार तथा अप्रेसनका लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भईरहेको र उनले टुयुमरको सल्यक्रिया भएको र टाउकोको सल्यक्रिया गर्ने केही समय लाग्ने उनका बुबा देवेन्द्र राईले बताए ।

    उनको उपचारमा १५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने भएकोले आफूहरुसंग आर्थिक अभाव भएको हुनाले देशविदेशमा रहनु हुने  नेपाली दाजु भाई सहयोगी मानुभावहरु समक्ष सहयोग गरि छोरीको जीवन रक्षाका लागि अनुरोध समेत परिवारले गरेका छन । 

    अहिले उनीहरुको घरमा समेत ५ जनाको परिवार रहेकाले परिवारको पालनपोषणका लागि उनिहरुले भाडाको घरमा सानो होटल समेत चलाउदै आएका छन्। बिगत एक महिनादेखिको लकडाउनका कारण होटल समेत चलेको छैन। पाँच जना परिवारलाई समेत पालनपोषण गर्न हम्मे हम्मे परेको आमा लक्ष्मी राईले बताईन् । 

    ट्युमर पिडित सन्ध्य राईलाई आर्थिक सहयोग गर्न चहानु हुने सहयोगी माननभावहरुले नेपाल बैंक लिमिटेडको गौरीगञ्ज शाखामा पिडितका वुवा देबिन्द्र राईको Debindra Rai को नाममा रहेको नम्बरको खाता (07301007048922000001) आर्थिक सहयोग गर्न सक्नु हुने छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध, आधा दर्जनभन्दा बढी सडकमा एकतर्फी सवारी, यात्रु अलपत्र

    काठमाडौं, साउन १३ – देशभर लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित मात्र होइन, यातायात पूर्वाधारमा...

    गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

    रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी...

    वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई एनआरएनएको साथ : अध्यक्ष श्रेष्ठ

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश कुमार श्रेष्ठले वृहत एकताको पक्षमा रहेर र वैधानिक...

    आज साउन १३ गतेको राशिफल

    आज साउन १३, २०८२ (जुलाई २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

    पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल...