News Portal

अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

हिमालीसंचार संवाददाता
४८५ पटक

काठमाडौं।
पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा जुटेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस्तो तयारीमा जुटेको हो।

मन्त्रालयले आगामी साताबाट सबै अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा दुईवटासम्म नियमित उडान खुला गर्ने विषयमा आवश्यक गृहकार्य थालेको जनाएको छ। मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले यस्तो जानकारी गराएका हुन।

सहसचिव लामिछानेका अनुसार अब नेपालमा हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा कम्तीमा सातामा एकदेखि दुईवटासम्म उडान भर्ने प्रस्ताव गरिएको छ। उनले अब यस प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत गरेर सम्बन्धित वायुसेवालाई उडान सञ्चालन गर्न दिइने तयारीमा मन्त्रालय जुटेको जानकारी दिए।

लामिछानेका अनुसार पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय आयो भने थप अन्तर्राष्ट्रिय उडान खुल्नेछ। जसका लागि आगामी सोमबारसम्ममा निर्णय आइसक्ने अनुमान गरिएको उनले बताए। मन्त्रालयका अनुसार हाल कतार, भारत र टर्कीमा मात्रै सिमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिईएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)सहितको मुलुकमा उडान खोल्ने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय आउनुपर्ने भएकाले पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै निर्णय आउने अनुमान गरिएको उनको छ। यसअघि गत बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पनि धेरै नेपाली कामदार भएका मुलुकमा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निणर्य गरेको छ।

सोही निणर्यको आधारमा अहिले यस मन्त्रालयले पनि यस्तो तयारी थालेको उनले जानकारी दिए। सरकारले कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामका लागि भन्दै गत १६ वैशाखपछि काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा जारी राखेको छ। पटकपटक थपिएको निषेधाज्ञा आगामी सोमबारसम्म कायमै छ।

नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारी नियन्त्राणका लागि लगाइएको यस्तो निषेधाज्ञासँगै सरकारले गत २० वैशाखबाट आन्तरिक र गत २३ वैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। भारतमा सातामा दुईवटा उडान भने निषेधाज्ञामा पनि जारी थियो। टर्की र कतारमा भने गत २० जेठदेखि मात्र सातामा दुईवटासम्म नियमित उडान खुला गरिएको थियो।

अहिले थप अन्तर्राष्ट्रिय गन्तव्य मुलुकमा पनि नियमित हवाई उडान खुला गर्नुपर्ने दबाब आइरहेको छ। यसैगरी, नेपालबाट बाहिरिने र भित्रिने हवाई यात्रुका लागि कम्तीमा सातामा एक उडान भएपनि आवश्यक भएको महसुस गरिएकाले अहिले आफूहरूले मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव गरेको पर्यटन मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...