News Portal

अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

हिमालीसंचार संवाददाता
५३२ पटक

काठमाडौं।
पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा जुटेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस्तो तयारीमा जुटेको हो।

मन्त्रालयले आगामी साताबाट सबै अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा दुईवटासम्म नियमित उडान खुला गर्ने विषयमा आवश्यक गृहकार्य थालेको जनाएको छ। मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले यस्तो जानकारी गराएका हुन।

सहसचिव लामिछानेका अनुसार अब नेपालमा हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा कम्तीमा सातामा एकदेखि दुईवटासम्म उडान भर्ने प्रस्ताव गरिएको छ। उनले अब यस प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत गरेर सम्बन्धित वायुसेवालाई उडान सञ्चालन गर्न दिइने तयारीमा मन्त्रालय जुटेको जानकारी दिए।

लामिछानेका अनुसार पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय आयो भने थप अन्तर्राष्ट्रिय उडान खुल्नेछ। जसका लागि आगामी सोमबारसम्ममा निर्णय आइसक्ने अनुमान गरिएको उनले बताए। मन्त्रालयका अनुसार हाल कतार, भारत र टर्कीमा मात्रै सिमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिईएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)सहितको मुलुकमा उडान खोल्ने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय आउनुपर्ने भएकाले पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै निर्णय आउने अनुमान गरिएको उनको छ। यसअघि गत बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पनि धेरै नेपाली कामदार भएका मुलुकमा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निणर्य गरेको छ।

सोही निणर्यको आधारमा अहिले यस मन्त्रालयले पनि यस्तो तयारी थालेको उनले जानकारी दिए। सरकारले कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामका लागि भन्दै गत १६ वैशाखपछि काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा जारी राखेको छ। पटकपटक थपिएको निषेधाज्ञा आगामी सोमबारसम्म कायमै छ।

नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारी नियन्त्राणका लागि लगाइएको यस्तो निषेधाज्ञासँगै सरकारले गत २० वैशाखबाट आन्तरिक र गत २३ वैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। भारतमा सातामा दुईवटा उडान भने निषेधाज्ञामा पनि जारी थियो। टर्की र कतारमा भने गत २० जेठदेखि मात्र सातामा दुईवटासम्म नियमित उडान खुला गरिएको थियो।

अहिले थप अन्तर्राष्ट्रिय गन्तव्य मुलुकमा पनि नियमित हवाई उडान खुला गर्नुपर्ने दबाब आइरहेको छ। यसैगरी, नेपालबाट बाहिरिने र भित्रिने हवाई यात्रुका लागि कम्तीमा सातामा एक उडान भएपनि आवश्यक भएको महसुस गरिएकाले अहिले आफूहरूले मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव गरेको पर्यटन मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...