News Portal

प्रदीप ज्ञवालीले गराएका बदनाम निर्णयमा सर्वाेच्च अदालतबाट ‘ब्रेक’

हिमालीसंचार संवाददाता
५१६ पटक

काठमाडौं।
परराष्ट्रमन्त्री पदबाट हट्नुभन्दा केही दिन अघि प्रदीप ज्ञवाली मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर गराएको राजदूत नियुक्तिका लागि शैक्षिक योग्यता स्नातक नभएपनि हुने निर्णयमा सर्वाेच्च अदालतले ‘ब्रेक’ लगाइदिएको छ। ज्ञवालीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मन्त्री भइसकेका व्यक्तिको हकमा शैक्षिक योग्यता स्नातक नभएपनि हुने निर्णय गरेको थियो।

यस्तो बदनाम निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ। गत बैशाख २५ गते मन्त्रिपरिषद्बाट निर्देशिका संशोधन गर्दै शैक्षिक योग्यताको प्रावधान संशोधन गरिएको थियो।

अन्य व्यक्तिका हकमा स्नातक उपाधि अनिवार्य भएपनि मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उपाधि आवश्यक नपर्ने गरी निर्देशिका संशोधन भएपनि सर्वाेच्चमा रिट परेको थियो। सर्वाेच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार संशोधित निर्देशिकाको शैक्षिक योग्यता सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सरकारले मन्त्रिपरिषद्बाट निर्देशिका संशोधन गरेर विभिन्न ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। अदालतले मन्त्रीलाई स्नातक नभएपनि हुने व्यवस्था  संविधानले प्रत्याभूत गरेको समानताको हक विपरीत भएकाले कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...