News Portal

नर्वे सेनामा पहिलो पटक भर्ती भए ८ नेपाली युवाहरु

हिमालीसंचार संवाददाता
१५९० पटक

एजेन्सी।
नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन्।

भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन्। सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन्। तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन। भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगायतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ।

भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन्। उनी रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन्। नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन्।

‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ। नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागिसमेत गर्वको विषय हो।’

ब्रिटिस आर्मी र ईण्डियन आर्मीले नेपाली युवाका लागि विभिन्न समयमा भर्ती खुलाउदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खुलाएका छैनन्। कतिपय नेपालीहरु केही समयका लागि कन्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन्।

विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कतिपय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन्। नर्वे विश्वकै विकसित देशमध्ये एक हो। मानव विकास सूचकांक (ह्यूमन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ।

नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूहसमेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन्। यो सबैका लागि गर्वको विषय बनेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...