News Portal

हौचुर एम्बुलेन्स अभियन्ता रावाबेसी गाउँपालिका युवाद्वारा आफ्नो गाउँमा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
५१९ पटक

खोटाङ – खोटाङ जिल्ला रावाबेसी गाउँपालिका वडा-६, हौचुरका युवाहरुले कोरोना महामारीको दोश्रो लहरले नेपालमा प्रभाव पारी रहेको छ। हौचुरका युवाहरुले आफ्नो गाउँ घरमा कोरोना न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि स्वास्थ्या सामाग्री सर्जिकल फेसमाक्स, सेनिटाइजर वितरण गरेका छन् ।

कोरोना भाइरसका कारण आफ्नो गाउँ प्रभावित नहोस भन्ने उदेश्यले हौचुर बासी युवाहरुले छलफल गरी आफ्नो गाउँमा जनचेतना सहितको कार्यक्रम संचालन गर्दै आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको स्थानीय युवा गजेन्द्र खालिङ राईले जानकारी दिए।

हौचुर बासी युवाहरुले विगतमा विकट आफ्नो गाउँमा एम्बुलेस खरिद गरेर प्रदान गरेका युवाहरुले एम्बुलेन्स खरिद गरेर बाकी रहेका रकमले यो कोरोना महामारीको प्रकोप न्यूनीकरण तथा नियन्त्रणका लागि समेत जनचेतना मुलक कार्यक्रम सहित स्वास्थ्य सामाग्री वितरण गरिएको एम्बुलेन्स अभियन्ता गजेन्द्र खालिङ राईले बताए । 

अभियन्ता खालिङका अनुसार स्थानीय स्वास्थ्य चौकीलाई करिब ६५ हजार बराबरको अत्याबश्यक औषधी सहित स्वास्थ्य सामाग्री प्रदान गरिएका छन्। औषधी सहित स्वास्थ्य सामाग्री खरिदका लागि खटिएका एम्बुलेन्स अभियन्ता सम्मर खड्का, चिरन कार्की र गणेश गुरुङ लगायदका सहज कर्ता मानुभावहरु समक्ष समेत आभार व्याक्त गरेका छन्।

हौचुरका युवा अभियन्ता खालिङ राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा यस अभियानमा दिनरात खटिएका हौचुर बासी दाजुभाई, दिदिबहिनी सम्पूर्णमा आभार ब्यक्त गर्दै आवश्यक सहयोगको लागि विशेष अनुरोध समेत गरेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...