News Portal

हौचुर एम्बुलेन्स अभियन्ता रावाबेसी गाउँपालिका युवाद्वारा आफ्नो गाउँमा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
५४८ पटक

खोटाङ – खोटाङ जिल्ला रावाबेसी गाउँपालिका वडा-६, हौचुरका युवाहरुले कोरोना महामारीको दोश्रो लहरले नेपालमा प्रभाव पारी रहेको छ। हौचुरका युवाहरुले आफ्नो गाउँ घरमा कोरोना न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि स्वास्थ्या सामाग्री सर्जिकल फेसमाक्स, सेनिटाइजर वितरण गरेका छन् ।

कोरोना भाइरसका कारण आफ्नो गाउँ प्रभावित नहोस भन्ने उदेश्यले हौचुर बासी युवाहरुले छलफल गरी आफ्नो गाउँमा जनचेतना सहितको कार्यक्रम संचालन गर्दै आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको स्थानीय युवा गजेन्द्र खालिङ राईले जानकारी दिए।

हौचुर बासी युवाहरुले विगतमा विकट आफ्नो गाउँमा एम्बुलेस खरिद गरेर प्रदान गरेका युवाहरुले एम्बुलेन्स खरिद गरेर बाकी रहेका रकमले यो कोरोना महामारीको प्रकोप न्यूनीकरण तथा नियन्त्रणका लागि समेत जनचेतना मुलक कार्यक्रम सहित स्वास्थ्य सामाग्री वितरण गरिएको एम्बुलेन्स अभियन्ता गजेन्द्र खालिङ राईले बताए । 

अभियन्ता खालिङका अनुसार स्थानीय स्वास्थ्य चौकीलाई करिब ६५ हजार बराबरको अत्याबश्यक औषधी सहित स्वास्थ्य सामाग्री प्रदान गरिएका छन्। औषधी सहित स्वास्थ्य सामाग्री खरिदका लागि खटिएका एम्बुलेन्स अभियन्ता सम्मर खड्का, चिरन कार्की र गणेश गुरुङ लगायदका सहज कर्ता मानुभावहरु समक्ष समेत आभार व्याक्त गरेका छन्।

हौचुरका युवा अभियन्ता खालिङ राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा यस अभियानमा दिनरात खटिएका हौचुर बासी दाजुभाई, दिदिबहिनी सम्पूर्णमा आभार ब्यक्त गर्दै आवश्यक सहयोगको लागि विशेष अनुरोध समेत गरेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...