News Portal

लकडाउनका कारण मोरङको आमतोला स्थित रहेको किस्कु नर्सरी चिन्तित, नर्सरीमा रहेको बोट-विरुवा नष्ट

हिमालीसंचार संवाददाता
३७९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमतोलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जातको बोट-बिरुवाहरु नष्ट भएको छ ।

बिश्वब्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएपछि गत ६ महिनाको लकडाउन र अहिले पुनः लकडाउन भएका कारणले गर्दा उक्त नर्सरीमा बिक्रीवितरणका लागि उत्पादन गरिएको आँप, लिच्ची, अम्बक, मसला, कदम, टिक, मलेसियन सखुवा जस्ता विरुवाहरू तथा सिजन अनुसारका फुलहरू समेत गरि २० हजार विरुवा १ लाख रुपैयाँ बराबरको नष्ट भएको किस्कु नर्सरीका संचालक सोनेलाल किस्कुले बताए ।  

बर्षौदेखि संचालन गर्दे आएको नर्सरीबाट आफुहरुले बार्षिक रुपमा ४ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दे आएता पनि लकडाउनका कारण अहिले आफुहरुलाई आफ्नो मेहनत समेत उठाउन समस्या परेको सोनेलालले बताए । 

यसै बर्षौदेखि रंगेली    संन्सारी मंन्दिर नजिकैमा समेत किस्कु नर्सरीले बर्षिक रुपमा ६४ हजार रुपैयाँ तिरेर १४ कठ्ठा खेती भाडामा लिएर नर्सरी समेत संचालन गर्दे आईरहेको भएता पनि लकडाउनका कारण बिरुवाहरु बिक्रीवितरण नहुदा खेतको भाडा समेत तिर्न आफूलाई थप समस्या परेको समेत सोनेलालले बताए ।  

लकडाउनका कारण ग्राहकहरु नआउदा आफूहरुले उत्पादन गरेको बिरुवाहरु नष्ट भएको र नष्ट भएको बिरुवा हर खाल्डोमा फाल्न बाध्य रहेको उनले बताए । सोही व्यवसायबाट आफुले ८ जनको परिवार पालनपोषण गर्दे आईरहेता पनि लकडाउनका कारण  बिरुवा बिक्री नहुदा परिवारलाई पालनपोषण गर्न समेत थप समस्या परेको उनले बताए ।  

निर्वात रुपमा आवतजावत हुने समयमा उक्त नर्सरीमा बिरुवा खरिद गर्ने विराटनगर, कटहरी, डाईनियाँ, ईटहरा, रंगेली, दर्वेशा, तथा सिमाबर्ती क्षेत्रबाट विभिन्न प्रकारका बिरुवाहरु खरिद गर्ने आउने गरेको बिश्वनाथ किस्कुले बताए ।

नर्सरीमा ररेका बोट विरुवा;

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...