News Portal

लकडाउनका कारण मोरङको आमतोला स्थित रहेको किस्कु नर्सरी चिन्तित, नर्सरीमा रहेको बोट-विरुवा नष्ट

हिमालीसंचार संवाददाता
३४४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमतोलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जातको बोट-बिरुवाहरु नष्ट भएको छ ।

बिश्वब्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएपछि गत ६ महिनाको लकडाउन र अहिले पुनः लकडाउन भएका कारणले गर्दा उक्त नर्सरीमा बिक्रीवितरणका लागि उत्पादन गरिएको आँप, लिच्ची, अम्बक, मसला, कदम, टिक, मलेसियन सखुवा जस्ता विरुवाहरू तथा सिजन अनुसारका फुलहरू समेत गरि २० हजार विरुवा १ लाख रुपैयाँ बराबरको नष्ट भएको किस्कु नर्सरीका संचालक सोनेलाल किस्कुले बताए ।  

बर्षौदेखि संचालन गर्दे आएको नर्सरीबाट आफुहरुले बार्षिक रुपमा ४ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दे आएता पनि लकडाउनका कारण अहिले आफुहरुलाई आफ्नो मेहनत समेत उठाउन समस्या परेको सोनेलालले बताए । 

यसै बर्षौदेखि रंगेली    संन्सारी मंन्दिर नजिकैमा समेत किस्कु नर्सरीले बर्षिक रुपमा ६४ हजार रुपैयाँ तिरेर १४ कठ्ठा खेती भाडामा लिएर नर्सरी समेत संचालन गर्दे आईरहेको भएता पनि लकडाउनका कारण बिरुवाहरु बिक्रीवितरण नहुदा खेतको भाडा समेत तिर्न आफूलाई थप समस्या परेको समेत सोनेलालले बताए ।  

लकडाउनका कारण ग्राहकहरु नआउदा आफूहरुले उत्पादन गरेको बिरुवाहरु नष्ट भएको र नष्ट भएको बिरुवा हर खाल्डोमा फाल्न बाध्य रहेको उनले बताए । सोही व्यवसायबाट आफुले ८ जनको परिवार पालनपोषण गर्दे आईरहेता पनि लकडाउनका कारण  बिरुवा बिक्री नहुदा परिवारलाई पालनपोषण गर्न समेत थप समस्या परेको उनले बताए ।  

निर्वात रुपमा आवतजावत हुने समयमा उक्त नर्सरीमा बिरुवा खरिद गर्ने विराटनगर, कटहरी, डाईनियाँ, ईटहरा, रंगेली, दर्वेशा, तथा सिमाबर्ती क्षेत्रबाट विभिन्न प्रकारका बिरुवाहरु खरिद गर्ने आउने गरेको बिश्वनाथ किस्कुले बताए ।

नर्सरीमा ररेका बोट विरुवा;

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...