News Portal

अब नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाण्डौ – नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्। नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले एक सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा भर्ना हुन पाउने जानकारी दिएको हो।

दूतावासको कल्याणकारी शाखाले जारी गरेको सूचनामा भनिएको छ; १० कक्षा पास गरेका, १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ। त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने समेत उल्लेख गरिएको छ। 

जारी सूचनामा आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नु भनिएको छ । वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अकको बोनस जोडिने दूतावासले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...