News Portal

व्यवसायि वेगवानी दम्पती हत्या काण्डका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

हिमालीसंचार संवाददाता
४०७ पटक

राजविराज। 
प्रहरीले फरार अभियुक्तमाथि निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ। ७ वर्ष अघि हनुमाननगर कंकालिनी नगरपालिकाका-९ का चर्चित व्यवसायि ५५ वर्षिय प्रेम सुख वेगवानी र उनको ५२ वर्षिया पत्नि सरोजको हत्या पश्चात फरार भएका मध्येका एक सोही नगरपालिका-१ निवासी ३४ वर्षिय बब्लु मण्डललाई प्रहरीले पक्राउ गरेको छ

गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले आईतवार साँझ घरमा लुकि बसेको अवस्थामा मण्डललाई पक्राउ गरेको हो। प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेका अनुसार २०७१ साल जेष्ठ २१ गते मध्यरात मण्डलसहितको समुहले कपडा व्यवसायी तथा सुनचाँदी धितोको कारोवार समेत गर्दै आएका वेगवानी दम्पतीको धारिलो हतियार प्रयोग गरि निर्मम ढंगले हत्या गरेका थिए।

उक्त समूहले नगद र सुनचाँदीको गरगहना गरि ५० लाख भन्दा बढीको सम्पतीसमेत लुटेर लगेका थिए। उक्त घटनामा सलंग्न मध्ये ६ जना यस अघि नै पक्राउ परि जेल चलान भईसकेका छन्। पछिल्लो पटक पक्राउ परेका मण्डल पनि सप्तरी जिल्ला अदालतको आदेशले सोमवार कारागार चलान भएको डिएसपी काफलेले जानकारी दिए।

पछिल्लो समय फरार अपराधि पक्राउ गर्न सप्तरी प्रहरीले आक्रमक अभियान थाल्दै चालू आवमा हालसम्म फौजदारीका १६४ र देवानी मुद्दाका ८४२ गरी जम्मा १ हजार ६ जना फरार अपराधि पक्राउ गरेको छ। यसरी पक्राउ परेका फरार प्रतिवादीवाट २ सय वर्ष, ५ महिना ६ दिन कैद वक्यौता तथा जरिवानाको बक्यौता १ करोड ३ लाख ९३ हजार ६ सय २३ रुपैयाको असुली भएको डिएसपी काफलेले बताए।

विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाईएका र फैसला नहुदै फरार रहेका प्रतिवादिहरु पक्राउ गर्न विषेश सुरक्षा रणनिती बनाई अघि बढदै गएकाले एक पछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाको भनाई छ।

सानादेखि ठुलठुला अपराध गरेर भाग्ने र लुकिछिपी बसेको अवस्थामा प्रहरीले भएको सिमित साधन स्रोतको उच्चतम परिचालन तथा सुराकि र गहिरो अनुसन्धानको आधारमा पक्राउ गर्न सफल भएको हो उनले भने। यो वर्ष पहरीले सबैभन्दा बढि फरार अभियुक्त पक्राउ गर्न सफल भएकोमा स्थानियले प्रसन्नता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...