News Portal

  • व्यवसायि वेगवानी दम्पती हत्या काण्डका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

    हिमालीसंचार संवाददाता
    ३१२ पटक

    राजविराज। 
    प्रहरीले फरार अभियुक्तमाथि निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ। ७ वर्ष अघि हनुमाननगर कंकालिनी नगरपालिकाका-९ का चर्चित व्यवसायि ५५ वर्षिय प्रेम सुख वेगवानी र उनको ५२ वर्षिया पत्नि सरोजको हत्या पश्चात फरार भएका मध्येका एक सोही नगरपालिका-१ निवासी ३४ वर्षिय बब्लु मण्डललाई प्रहरीले पक्राउ गरेको छ

    गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले आईतवार साँझ घरमा लुकि बसेको अवस्थामा मण्डललाई पक्राउ गरेको हो। प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेका अनुसार २०७१ साल जेष्ठ २१ गते मध्यरात मण्डलसहितको समुहले कपडा व्यवसायी तथा सुनचाँदी धितोको कारोवार समेत गर्दै आएका वेगवानी दम्पतीको धारिलो हतियार प्रयोग गरि निर्मम ढंगले हत्या गरेका थिए।

    उक्त समूहले नगद र सुनचाँदीको गरगहना गरि ५० लाख भन्दा बढीको सम्पतीसमेत लुटेर लगेका थिए। उक्त घटनामा सलंग्न मध्ये ६ जना यस अघि नै पक्राउ परि जेल चलान भईसकेका छन्। पछिल्लो पटक पक्राउ परेका मण्डल पनि सप्तरी जिल्ला अदालतको आदेशले सोमवार कारागार चलान भएको डिएसपी काफलेले जानकारी दिए।

    पछिल्लो समय फरार अपराधि पक्राउ गर्न सप्तरी प्रहरीले आक्रमक अभियान थाल्दै चालू आवमा हालसम्म फौजदारीका १६४ र देवानी मुद्दाका ८४२ गरी जम्मा १ हजार ६ जना फरार अपराधि पक्राउ गरेको छ। यसरी पक्राउ परेका फरार प्रतिवादीवाट २ सय वर्ष, ५ महिना ६ दिन कैद वक्यौता तथा जरिवानाको बक्यौता १ करोड ३ लाख ९३ हजार ६ सय २३ रुपैयाको असुली भएको डिएसपी काफलेले बताए।

    विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाईएका र फैसला नहुदै फरार रहेका प्रतिवादिहरु पक्राउ गर्न विषेश सुरक्षा रणनिती बनाई अघि बढदै गएकाले एक पछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाको भनाई छ।

    सानादेखि ठुलठुला अपराध गरेर भाग्ने र लुकिछिपी बसेको अवस्थामा प्रहरीले भएको सिमित साधन स्रोतको उच्चतम परिचालन तथा सुराकि र गहिरो अनुसन्धानको आधारमा पक्राउ गर्न सफल भएको हो उनले भने। यो वर्ष पहरीले सबैभन्दा बढि फरार अभियुक्त पक्राउ गर्न सफल भएकोमा स्थानियले प्रसन्नता व्यक्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...