News Portal

लोपोन्मुख लुङखिम भाषाका ज्ञाता मुन्दुमविद् राईको निधन

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाण्डौ – नेपालको एक लोपान्मुख लुङखिम भाषाको ज्ञाता मुन्दुमविद् नन्दलाल लुङखिम राईको ९३ बर्षको उमेरमा निधन भएको छ । पुर्वाञ्चलको सूर्योदय नगरपालिका वडा न. १० इलाम आहाले स्थित शनिबार राती राईको निज निवासमा उनको निधन भएको हो ।

भाषाशास्त्री डा. तारा मणी राईसंग हिमालीसंचारसंगको कुराकानीमा; “नेपालका तथ्यांकअनुसार किराती समुदायमा रहेको लुङखिम भाषा बोल्नेको संख्या १ सय २९ जना मात्र रहेका छन् ।व्यवहारिक रूपमा सबैभन्दा राम्रो लुङखिम मातृभाषा बोल्ने र मुन्दुमबारे जानकारी राख्ने राईमात्र थिए। गत शनीवार उनको निधन भएको हो।

भाषाशास्त्री डा. राईका टोलीले “ भाषा आयोगले दुई वर्षदेखि उक्त लुङखिम भाषाको शब्द संकलन तथा अभिलेखीकरण, व्याकरण निर्माण कार्य गर्दै आएको थियो । त्यसअघि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लुङखिम भाषाको वर्ण निर्धारण गरेको थियो।” 

डा. राईका अनुसार ‘लुङखिम भाषाको सबैभन्दा राम्रो वक्ता उहाँ एक हुनुहुन्थ्यो,’ लुङखिम भाषा अनुसन्धानमा संलग्न भाषाशास्त्री डा. तारामणि राईका अनुसार, ‘लुङखिम भाषा समुदायका निम्ति मात्र नभएर किरात समुदायका लागि ठूलो क्षति भएको छ । अब त्यस भेगमा करिब आधा दर्जन मात्र लुङखिम भाषा बोल्ने जीवित वक्ता रहेका छन्।’ 

जीवित वक्तामध्ये नन्दलालका परिवारमै लुङखिम भाषा सीमित रहेका थिए। स्वर्गीय राईको आइतबार मुन्दुम विधिअनुसार अन्त्येष्टि गरिएको लुङखिम राई समाजका अध्यक्ष जंगबहादुर राईले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...