News Portal

लोपोन्मुख लुङखिम भाषाका ज्ञाता मुन्दुमविद् राईको निधन

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाण्डौ – नेपालको एक लोपान्मुख लुङखिम भाषाको ज्ञाता मुन्दुमविद् नन्दलाल लुङखिम राईको ९३ बर्षको उमेरमा निधन भएको छ । पुर्वाञ्चलको सूर्योदय नगरपालिका वडा न. १० इलाम आहाले स्थित शनिबार राती राईको निज निवासमा उनको निधन भएको हो ।

भाषाशास्त्री डा. तारा मणी राईसंग हिमालीसंचारसंगको कुराकानीमा; “नेपालका तथ्यांकअनुसार किराती समुदायमा रहेको लुङखिम भाषा बोल्नेको संख्या १ सय २९ जना मात्र रहेका छन् ।व्यवहारिक रूपमा सबैभन्दा राम्रो लुङखिम मातृभाषा बोल्ने र मुन्दुमबारे जानकारी राख्ने राईमात्र थिए। गत शनीवार उनको निधन भएको हो।

भाषाशास्त्री डा. राईका टोलीले “ भाषा आयोगले दुई वर्षदेखि उक्त लुङखिम भाषाको शब्द संकलन तथा अभिलेखीकरण, व्याकरण निर्माण कार्य गर्दै आएको थियो । त्यसअघि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लुङखिम भाषाको वर्ण निर्धारण गरेको थियो।” 

डा. राईका अनुसार ‘लुङखिम भाषाको सबैभन्दा राम्रो वक्ता उहाँ एक हुनुहुन्थ्यो,’ लुङखिम भाषा अनुसन्धानमा संलग्न भाषाशास्त्री डा. तारामणि राईका अनुसार, ‘लुङखिम भाषा समुदायका निम्ति मात्र नभएर किरात समुदायका लागि ठूलो क्षति भएको छ । अब त्यस भेगमा करिब आधा दर्जन मात्र लुङखिम भाषा बोल्ने जीवित वक्ता रहेका छन्।’ 

जीवित वक्तामध्ये नन्दलालका परिवारमै लुङखिम भाषा सीमित रहेका थिए। स्वर्गीय राईको आइतबार मुन्दुम विधिअनुसार अन्त्येष्टि गरिएको लुङखिम राई समाजका अध्यक्ष जंगबहादुर राईले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...